आज केपी ओली कम राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत फाइनल खेल हुँदैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा शुरु हुनेछ ।
फाइनल खेलमा सातदोबाटो र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् ।