fbpx

केपी ओली कपमा पुलिस सुदूरपश्चिमसँग हारेपछि मधेस सेमिफाइनलमा

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै मधेस समूह सी को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

मधेस प्रदेश, नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको समान २ अङ्क भए पनि नेट रन रेटमा अघि रहँदै मधेस सेमिफाइनलमा पुगेको हो ।

आज मङ्गलवार पोखरा रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले पुलिसलाई ४ विकेटले हरायो । पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका किरण ठगुन्नाले नट आउट ५१ र नरेन साउदले ३९ रन बनाए । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनायो । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकाश आग्रीले २ विकेट लिए ।

यसअघि समूह ए बाट बाग्मती प्रदेश, समूह बी बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा पुगेको थियो । अब समूह डी बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने