fbpx

बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्, एकछिनको विरोधमा दु:खी हुन आवश्यक छैन

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरूले अहिले फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् ।

खासगरी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बालिकाको श्रमशोषण आरोप लगाएका बालेन्द्रले कारबाही नगरेको भन्दै तारन्तार सामाजिक सञ्जालमा लेखेपछि उनका फ्यान पनि उग्र शैलीमा प्रस्तुत भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालेन्द्रले राखेको एउटा पोस्ट ‘मास रिपोर्ट’मा परेर रिमोभ भएपछि त्यसको दोष उनका फ्यानले प्रधानमन्त्री ओली र एमाले कार्यकर्तालाई लगाएका छन् ।

ओलीले सार्वजनिक रुपमा बालेन्द्रविरुद्ध टिप्पणी नगरे पनि बालेन्द्रका समर्थकहरूले उनको फेसबुकमा अनफलो अभियान चलाएर करिब ६० हजार आसपासमा घटाएका छन् ।

एमाले सांसद रेखा शर्मालाई कारबाही नगरेर ‌ओलीले जोगाइरहेको जिद्धी गरिरहेका बालेन्द्रका समर्थकले मंगलबारदेखि ओलीलाई अनलफलो अभियान चलाइरहेका छन् । तर त्यसबारेमा ओलीको सचिवालय र ओलीले पनि कुनै किसिमको सार्वजनिक टिप्पणी गरेका छैनन्।

यसैबीच ओलीले आफ्नो फेसबुक पेजमा बुधबार अपरान्ह एउटा भिडियो क्लिप राखेका छन् । जुन क्लिप आफूविरुद्ध थालिएको अनफलो अभियानलाई लक्षित गर्दै पोस्ट गरेको बुझ्न सकिन्छ ।

जसमा उनले केही क्षणको विरोधबाट दुस्खी हुने र प्रशंसाबाट खुसी हुनुपर्ने कारण नरहेको बताएका छन् । ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता छैन । सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन’, उनले भनेका छन् ।

ओलीले आफूलाई थुप्रै साथीहरूले जवान रहेको भन्दै हौस्याउने गरेको पनि सुनाए । ‘मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवान नै देखिनु हुन्छ भन्छन्। तर त्यसमा पत्याइ हाल्नुपर्ने जरुरी छैन’, उनले भनेका छन्, ‘भन्दाखेरि त भर्खरको देखिनुहुन्छ भन्छन्, कसैले भर्खरको, एकदम तन्दुरुस्त र जवान देखिनुहुन्छ भनेर साथीहरूले उल्क्याउँछन् । तर म ऐना त हेर्छु नि कति मलाई उल्क्याएको हो, कति साँचो त हो भनेर । ऐनाले सबै कुरा बताइहाल्छ नि १’


काठमाडौं

बुधबार, अशोज २, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपालाई सूर्य थापाको प्रश्न : कारबाही सिफारिसको अंग्रेजी अनुवाद...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन