सरकारले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिँदैन : प्रधानमन्त्री ओली

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं I प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने सवालमा सरकारको प्रतिवद्धता दृढ रहेको बताउनुभएको छ ।

समृद्ध नेपालः सुखी नेपाली बनाउने सरकारको अभियानमा भ्रष्टाचार खतरनाक तगारोको रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको अन्त्य गर्न सरकार दृढतापूर्वक लागिपर्ने बताउनुभएको हो । मंगलबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले भ्रष्टचार गर्नेलाई अनुहार हेरेर क्षमा  दिने काम सरकारले नगर्ने पनि स्पष्ट पार्नुभयो । नेपाल सरकारको भ्रष्टाचार सम्बन्धि शुन्य सहनशीलता, म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने स्पिरिट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसमा तलमाथि हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा कसैप्रति पूर्वाग्रह नराख्ने अडान पनि राख्नुभयो । कसैलाई दुःख दिने नियतका साथ सरकारले कुनै पनि काम नगर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । 
उहाँले भन्नुभयो, ‘नेपाल सरकारको भ्रष्टाचार सम्बन्धि शुन्य सहनशीलता । म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने स्पिरिट, त्यो भावना र हामीले प्रस्तुत गरेको विधेयकमा पनि समृद्ध नेपालः सुखी नेपाली भनिएको छ । नेपाललाई समृद्ध बनाउन जरुरी छ । र नेपाली जनतालाई सुखी बनाउन जरुरी छ । नेपाल समृद्ध होस, नेपाली जनताको आवश्यकताहरुको परिपूर्ति होस । जैविक र मानवीय आवश्यकताहरुको परिपूर्ति होस । योसँग अधिकार प्राप्ती, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको प्रत्याभूति, शान्तिपूर्ण र भयरहित वातावरणमा हरेकले काम गर्न पाउन सक्ने सुरक्षाको प्रत्याभूति, त्यसैगरी सम्मानित जीवन हरेकले बाँच्न पाउने अधिकारको प्रत्याभूति । यी कुराहरु नै वास्तवमा सुखी जीवनका प्यारामिटरहरु हुन । त्यसकारण हामी समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने यस दिशामा हामी अगाडि बढि रहेका छौं । यस अभियानमा भयानक, खतरनाक तगारो भनेको भ्रष्टाचार हो । र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार अत्यन्तै प्रतिवद्ध रहेको कुरामा म सबै माननीय जीहरुलाई अवगत गराउन चाहन्छु । एकारित हामी बजेट विनियोजन गर्दै गर्छौं । अर्कोतिर भ्रष्टाचार हुँदै गर्छ भने विकास हुँदैन । एकारित राजस्वको लक्ष्य निर्धारण गर्दैगर्छौं । तर अर्कोतिर चुहावट भइरह्यो भने, चोरी बाटोबाट आउने जस्ता कुराहरु भएभने करका दरहरु वृद्धि गरेर मात्रै पनि हुँदैन । करको दायरा फराकिलो गर्छु मात्रै भनेर पनि हुँदैन । हामीले करका दर वृद्धि भन्दा दायरा फराकिलो गर्ने र गलत बाटोमा जान नपाओस् व्यवसायिक क्रियाकलाप, वाणिज्यगत क्रियाकलापहरु र कर महशुल जस्ता कुनै प्रकारको अनिमितता, छलि हुन नपाओस् भन्ने कुरामा हामीले ध्यान दिनुपर्नेछ । त्यो कुरा सरकारले बुझेको छ । र, तदनुसार नै भ्रष्टाचारका विभिन्न रुपहरुको पहिचान गर्ने र तिनीहरुलाई रोकथाम, नियन्त्रण र अन्त्य गर्ने विषयमा सरकारको प्रतिवद्धता दृढ छ । सरकार यसमा कुनै पनि हिसावले कम्प्रमाइज गर्ने अथवा कसैले कसुर ग¥यो भने मुख हेरेर, अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम गर्दैन । अर्को कुरा अहिलेको सरकार प्रतिसोधका लागि होइन, अर्थतन्त्रमा सुधार, समाजमा सुधार, विकासमा गति ल्याउनका लागि हो । त्यसकाले यसले कसैप्रति आग्रह, पूर्वाग्रह राख्ने, कसैप्रति अनावश्यक, अनूचित झूटा कुराहरु उचाल्ने ती कामहरु गर्ने वा कसैलाई दुख दिने खालको काम पनि गर्दैन भन्ने खालको कुरा पनि स्पष्ट गर्न चाहन्छु ।’


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन