fbpx

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल पुलिस क्लव द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताउनुभएको हो । उहाँले ६ वटा अध्यादेशबाट २९ वटा कानून संशोधन गर्ने बताउनु भयो । उहाँले कानूनका कमी, कानून कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गर्नुभयो । उहाँले कानून कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको बताउनु भयो । उहाँले कानूनका जटिलता र कानून कार्यान्वयका ढिलासुस्तीलाई उल्झनलाई हटाउन अध्यादेश ल्याइएको बताउनु भयो । देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जालबाट हुने अपराध, साइबर क्राइम जस्तो अपराध, अरु विभिन्न प्रकारका ट्राफिकिङका अपराध, ड्रग्स बहुत भयावह ढंगले बढेको छ । कानूनका कमी, कानून कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनतालाई जुन दुःख पाइरहेका छन्, यसले पनि मान्छेप्रति वितृष्णा, घृणा फैलिने काम हुन्छ र यि कुराहरुलाई हटाउनु पर्छ । कानूनका जटिलतालाई पनि हटाउनु पर्छ, तोड्नपर्छ । कानून कार्यान्वयनका ढिलासुस्ती लगायतका अनेक उल्झनहरुलाई पनि हामीले हटाउनु पर्छ । त्यसै कारण २९ वटा कानून संशोधन गर्ने ६ वटा अध्यादेश हामीले ल्याएका छौँ । ति अध्यादेशहरु पारित गरेर हामी अगाडि बढ्नेछौँ । यो सरकारले आफ्नो हितका लागि होइन, देशको हित, विकासका लागि, देशको शान्ति सुरक्षा, अमन चयनका लागि ल्याएको हो । कानून जनताका लागि, समाज, विकास, शान्ति सुव्यवस्थाका लागि ल्याएका हौँ । हामी कानून बनाउँछौँ र कार्यान्वयन गर्दछौँ ।’

प्रधानमन्त्री ओलीले नेपाल प्रहरी आफन्तहरुको संस्था नभइ सबै प्रहरीको घर भएकाले कार्य सम्पादनका आधारमा बढुवा हुनुपर्ने बताउनु भयो । प्रहरी संगठन देशका लागि हो भन्नेकुरामनन गर्नुपर्ने बताउनु भयो । नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरितका कामहरु प्रहरीबाट हुनु नहुने बताउनु भयो ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन