आमा औसीको अवसरमा बुद्धाश्रममा देवी प्रतिभाद्वारा सामग्री वितरण

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा, १४ वैशाख – गण्डकी कोटिहोममा दैनिक रूपमा कथा वाचन गर्दै आउनु भएकी अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले आमा औसीको विशेष अवसरमा पोखरा-१७, महतगौडामा अवस्थित बुद्धाश्रमको अवलोकन गर्नुभएको छ। उक्त अवसरमा उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्नलगायत आवश्यक सामग्री वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य र कल्याणबारे जानकारी लिनुभएको थियो ।

देवी प्रतिभा लामो समयदेखि कथा वाचनमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएको छ। बुद्धाश्रम अवलोकनका क्रममा उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र हेरचाहको महत्त्वमाथि जोड दिँदै यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

आश्रमका सञ्चालकले देवी प्रतिभाको सहयोग र सक्रियताको उच्च प्रशंसा गर्दै यस्ता गतिविधिले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई मानसिक र भावनात्मक हौसला प्रदान गर्ने बताए। स्थानीय समुदायले पनि यो कार्यको खुलेर स्वागत गरेको छ।

गण्डकी कोटिहोममा दैनिक कथा वाचनको माध्यमबाट सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउँदै आउनु भएकी प्रतिभाको यो पछिल्लो कदमले समाजमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान