fbpx

कोशी प्रदेशका चारवटा गाउँपालिका केन्द्र सडक सञ्जालको पहुँच बाहिर

author

समाचारपाटी

२ years अगाडि

सोलुखुम्बु । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लाका चारवटा गाउँपालिका केन्द्र सडक सञ्जालको पहुँच बाहिर रहेका छन्। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा संखुवासभाको भोटखोला र सिलिचोड गाउँपालिका केन्द्रमा हालसम्म सडक पुग्न नसकेको हो। 

जसका कारण तीन पालिकाका बासिन्दा अझै खच्चड र भरियाले बोकेका सामग्रीमा निर्भर छन्। १० स्थानीय तह रहेको संखुवासभाका बाँकी आठ पालिकामा सडक पुगेको छ। आठ स्थानीय तह रहेको सोलुखुम्बुको खुम्बु बाहेक सात पालिका केन्द्रमा सडक पुगेको छ। कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी भोटखोला गाउँपालिका हुँदै तिब्बत जोड्ने १ सय ६२ किलोमिटर सडकमध्ये १० किलोमिटर अझै खन्न बाँकी नै छ। 

खाँदबारी र सिलिचोड जोड्ने छब्बिसेमा पुल नबन्दा सिलिचोड गाउँपालिकामा सडक पुग्न नसकेको हो। जसका कारण खाद्यान्न ढुवानीमा भरिया तथा खच्चडकै भर परिरहेको भोटखोलाका पासाङ खम्बा भोटे बताउँनुहुन्छ। 

झापाको केचनाकवलदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्मको सडक मेची राजमार्ग हो। तर पाथीभरा याङवरक, फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका छुने यो सडक अहिलेसम्म ओलाङचुङगोलासम्म पुगेको छैन। 

सोलुखम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा सडकको पहुँच नपुग्दा दैनिक उपभोग्य वस्तु निकै महंगो हुने गरेको होटल व्यवसायी ल्हाक्पा दिकी शेर्पाको भनाइ छ। 

यी पालिकाहरूमा कि हवाईमार्गबाट ढुवानी गर्नु पर्छ नभए भरिया र खच्चडको भर पर्नुपरेको छ। कोशी प्रदेश सरकारले सडक सञ्जाल नपुगेका यी स्थानीय तहमा नयाँ योजना ल्याएर सडक जोड्ने तयारी गरेको कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गा प्रसाद चापागाईंले बताउनुभयाे। 

सरकारको हरेक स्थानीय तहमा सडक सञ्जाल पुर्‍याउने योजना पूरा नहुँदा स्थानीयले नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्री महंगोमा किन्नु परिरहेको छ। 

annapurnapost


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन