fbpx

कोशी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

झापा । कोशी प्रदेशको पुनः नामाकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियानअन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

 समितिले कोशी नामाङ्करणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेताविरुद्ध उनीहरु सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने र उनीहरुलाई होटलमा बस्न र कार्यक्रम नगर्न हल नदिन आग्रह गर्ने जनाएको छ । त्यस्तै आन्दोलनलाई शसक्त बनाउनका लागि वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्ने किरात राई यायोक्साका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिनुभयाे । 

त्यस्तै,वैशाख २८ गतेदेखि आमसभा,संघर्ष समिति विस्तार,तालाबन्दी,कोशी नाम हटाउने, जलाउने, मेट्ने,कालो झण्डा गाड्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने उहाँले बताउनुभयाे। यस्तै जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता बृहत भेला आयोजना गर्ने राईले बताउनुभयाे।

समितिले आफूहरूको आन्दोलन कुनैपनि पार्टी र नेतृत्व विशेषप्रति लक्षित नभएको प्रष्ट पारेको छ । त्यस्तै समितिले जनताले सडक संघर्ष गरिरहदा समस्या समाधानको साटो आन्दोलनलाई थप उत्तेजित पार्न र विभिन्न आरोप लगाएर संघर्षलाई भड्काउने काम कोशी नाम पक्षधर दलले गरेको आरोप लगाएको छ । नामाङ्करणको विरोधमा संघर्षरत जनतालाई राजावादी भनेर झुठा आरोप लगाउनु निन्दनिय भएको समितिको भनाइ छ । 

annapurnapost
 


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन