fbpx

‘मतदाताले मेरो वीचारलाई मन पराएको पाएँ,निर्वाचन जित्नेमा म ढुक्क छु’:-किशोरदत्त बराल

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताउनु भएको छ । ‘गठबन्धनको लहर बढेको छ, मतदाताले मलाई र मेरो वीचारलाई मन पराएको पाएँ उहाँले भन्नुभयो – त्यसैले निर्वाचन जित्नेमा म ढुक्क छु ।’

निर्वाचन क्षेत्रका मतदाताले उत्साह थपिदिएको र विजय गराउने आश्वासन पाएको उहाँको भनाइ छ । उहाँले मतदाताले आफूमाथि विश्वास, सद्भाव र भरोसा गरेको भन्दै मतदातालाई निराश पार्ने काम कहिल्यै नगर्ने बताउनुभयो ।

देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताउँदै आउनु भएका उम्मेद्बार बरालले समाजको पहिलो प्राथमिकता नै आफ्नो पहिलो योजना हुने उल्लेख गर्नुभएको छ ।

उहाँले आमनेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताउनुभयो । उहाँले समय अभावका कारण सबै मतदाताको घरघरमा पुग्न नसकेको क्षमा माग्दै मतदाताको घरमा नपुगे पनि मतदाताको भावना, चाहाना र आवश्यकतालाई नजिकबाट बुझेको बताउनुभयो ।

कास्की काँग्रेसका सभापति एवं पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार बरालले ओलीको व्यत्तिगत स्वार्थ र अहंकारबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न गठबन्धन गर्नु परेको प्रष्ट पार्नुभयो ।

उहाँले विद्यालय र विश्वविद्यालयको शिक्षामा आमूल परिवर्तन गरी सीपमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो । उहाँले कृषि, शिक्षा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नु भएको छ ।

उहाँले राजनीतिलाई समाज सेवाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै उहाँले कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।

उहाँ पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा हुनुहुन्छ । उहाँले मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ ।

त्यस्तै, देशको समृद्वि, र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिनु भएको हो ।

ती सुत्रका आधारमा कास्की जिल्लालाई राजनीति, विकास र शिक्षाका दृष्टिकोणले चिनाउने उहाँको संकल्प छ ।

काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर