काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भएका छन् । गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयाे ।
‘गेटबाट छिर्ने क्रमममा झगडा भएका हो। केही घाइते भएका छन्,’ अधिकारीले भन्नुभयाे, ‘घाइते हुनेमा केही प्रहरी जवान पनि छन् ।’ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले पनि सात जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयाे । उहाँका अनुसार वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा उनीहरूको उपचार भइरहेको छ ।
एसएसपी घिमिरेका अनुसार घाइते हुनेमा सुशिल अकुलिया, अजय तामाङ, शिशिर गौतम, शंकर आचार्य, दान बहादुर राउत, केशव मेगी, प्रेम खड्गी रहेका छन् ।