fbpx

मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किराँत समुदायको माग

author

समाचारपाटी

९ महिना अगाडि

किराँत समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै किराँत समुदायका अगुवाहरुले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् । किराँत समुदायका अगुवाहरुले विधेयकमाथि संशोधन राख्दै माध्यामिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा, परम्परागत शिक्षा र आदिवासी ज्ञान शिक्षाका धारमा पढाइ हुने व्यवस्था गर्नुपर्ने बताए । बैठकमा बोल्दै किराँत समुदायका अगुवा अमर तुम्वाहाङ लिम्बूले परम्परागत शिक्षा अन्तर्गत संस्कृत धारमा पढाइ हुने विद्यालयका अतिरिक्त गुरुकुल, गुम्बा, मुन्धुम÷मुन्दुम÷मुक्दुम, आश्रम तथा मदरसा शिक्षा लगायतका परम्परागत शैक्षिक संस्थामा अध्ययन हुने शिक्षालाई समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षणको माध्यम भाषा मातृभाषा पनि हुनुपर्ने बताउनु भयो । उहाँले गणित, विज्ञान र कम्युटरको शिक्षण अंग्रेजीमा पढाउने बाध्यकारी व्यवस्था गर्नु नहुने पनि बताउनु भयो ।

बैठकमा बोल्दै किराँत राई यायोख्याका कार्यबाहक अध्यक्ष जनक राईले पनि माध्यामिक शिक्षामा पढाइ हुने धारमा मुन्धुम÷मुन्दुम÷मुक्दुमलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । मातृभाषाको संरक्षण गर्नका लागि बालबालिकाहरुलाई मातृभाषामै शिक्षा दिनुपर्ने बताउनु भयो । मातृभाषामा पढाउन नसकेको खण्डमा विभिन्न जातजातिका भाषा, संस्कृतिको संरक्षण हुन नसक्ने भन्दै कानून बनाउँदा यसतर्फ ध्यान पुर्याउनुपर्ने बताउनु भयो ।

त्यसैगरी बैठकमा बोल्दै किराँत समन्वय समितिका संयोजक अमृतबहादुर सुनुवारले विद्यालय तहमा मुन्धुम पढाइ हुनुपर्ने बताउनु भयो । उहाँले पनि माध्यामिक तहमा आदिवासी शिक्षा सम्बन्धी पाठ्यक्रम राख्नुपर्ने बताउनु भयो । मातृभाषाका लागि शिक्षक दरबन्दीको पनि व्यवस्था हुनुपर्ने उहाँले बताउनु भयो ।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन