fbpx

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । खोटाङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले खोटाङ हलेसीको आगो निभाउन सरकारसँग दमकल माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयका अनुसार आइतबार बेलुकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ स्थित हलेसी बजारमा भीषण आगलागी भयो । पदमसे राईको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर सुरु भएको आगो समयमा निभाउन नसक्दा राईको पुजा स्टोर, हार्डवेयर पसल र सोही घरमा रहेको निर्धन उथ्थान लघुवित्त संस्थाको कार्यालय जलेर पूर्ण रूपमा नष्ट भयो ।

उहांका अनुसार, आइराख राईको न्यु कल्याण होटल, पक्की घर र सँगै रहेको काठको घरसमेत जलेर नष्ट भयो । हलेसी दर्शन होटल र सँगै जोडिएको घर, परुहान होटलमा पनि क्षति पुग्यो ।

स्थानीय युवा, समाजसेवी, जनप्रतिनिधि र सुरक्षाकर्मीको अथक प्रयासका बाबजुद पानी हाल्ने दमकल नहुँदा ठूलो धनमालको क्षति हुन पुगेको सांसद बजिमयले बताइन् ।

‘खोटाङ हलेसीमा दमकलको अति आवश्यकता छ । म सम्माननीय सभामुखमार्फत् सरकारसँग माग गर्न चाहन्छु, खोटाङ हलेसीमा दमकल चाहियो ।’

स्थानीय तहको बजेटले नभ्याउने भन्दै उनले दमकल उपलब्ध गराइदिन र हलेसीको आगोले क्षति पुगेकालाई क्षतिपूर्तिको व्यवस्था गर्न संघीय सरकारसँग माग गर्नुभयो ।

धनकुटाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका अर्का सदस्य रामकुमार राइले पनि हलेसीको आगलागीबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । आगलागीबाट हलेसीमा सात करोड ३० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान प्रस्तुत गर्दै उहाँले भनेनृभयो, ‘सरकारले जति सक्दा चाँडो दमकल उपलब्ध गराओस् ।’

सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसद अशोककुमार चौधरीले हलेसीको आगलागीबाट केही नागरिकले सम्पूर्ण सम्पत्ति गुमाउन पुगेको बताउनुभयो । उहाँले पनि क्षतिपूर्ति र राहतका लागि संघीय सरकारसँग आग्रह गर्नभयो ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

१५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन