fbpx

घट्यो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्य, कतिमा किनबेच हुँदैछ त ?

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ ।

यसैबीच पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ ठाउँमा पशु चौपायाको स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको छ । अहिलेसम्म २५ हजारको सङ्ख्यामा पशुचौपायाको स्वास्थ्य परीक्षण गरिसकेको विभागले जनाएको छ ।

विभागको टोलीले शुरुमा चौपायाको ज्वरो परीक्षण गर्ने, त्यसपछि आँखा पाकेको, झाडा पखाला, रेबिज वा अन्य कुनै पनि प्राणघातक रोग लागे वा नलागेको परीक्षण गर्ने र त्यसपछि रोगी देखिएका चौपायाको सिङमा रातो र निरोगीको सिङमा हरियो रङ लगाउने गरेको छ ।

कलङ्की खसीबजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा परीक्षण भइरहेको विभागले जनाएको छ ।

विभागले सिङमा हरियो रङ लगाइएको स्वस्थ खसीबोका मात्रै खरिद गर्न आग्रह गर्दै आएको छ ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने