काठमाडौं ।सुक्खा पहिरो खसेपछि कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ ।
बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग–डाँडा खण्डमा ढुङ्गासहितको पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो । सदरमुकाम खाँदबारीबाट १ सय ९ किलोमिटरको दूरीमा रहेको ठाउँमा पहिरो खसेको हो ।
पहिरो खसेपछि भोटखोला–खाँदबारी आउने तथा खाँदबारीबाट गएका गाडी पनि बाटोमै रोकिएका छन् । पहिरोले झन्डै ३० मिटर सडक पुरिएको छ ।