१० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुल शुरु हुँदै

author

समाचारपाटी

१ महिना अगाडि

१० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुलको स्थापना भएको छ । काठमाडौं टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठूलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको छ ।  प्रत्येक वर्ष ५ लाख युवायुवतीहरु नेपाली बजारमा प्रवेश गर्ने गरेका छन् । त्यो श्रम शक्ति देशभित्र खपत छैन । विदेशमा जानेहरु विभिन्न रोजगारीमा जाने गरेका छन् । यो तुरुन्त सम्बोधन गर्नुपर्ने विषय हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्कुलका अध्यक्ष मनोज शर्मा काठमाडौंसहित देशका प्रमुख शहरहरुबाट पनि सीपयुक्त जनशक्ति तयार गर्ने तयारी भइरहेको बताउनु हुन्छ । उहाँकाअनुसार यो समस्या रोजगारीको नभइ सीपको हो । बजारमा रोजगारीका अवसरहरु छन् तर जसलाई रोजगारदाताहरुले खोजिरहेका छन् त्यस्तो सक्षम जनशक्ति बजारमा नरहेको उहाँको भनाइ छ । उपयुक्त जनशक्ति रोजगारदाताले पाएको अवस्था छैन । जनशक्ति छ तर सीपयुक्त जनशक्ति छैन । प्रत्येक वर्ष नेपालमा उत्पादन हुने जनशक्तिलाई सीपयुक्त बनाउने र बजारसँग जोड्ने काम गरिने बताउनु भयो । 
उहाँले भन्नुभयो– ‘परम्परागत रुपमा चलिरहेका छन । अहिले कुनै पनि युवाले सिपको कोर्स सकेपछि भोलीपल्टै पहिलो दिनमै रोजगारीमा जोडिन सक्ने खालको सिपहरु कमै छन । त्यसैले यो प्रयासलाई नीजि क्षेत्रबाटै गर्नुपर्छ भन्ने हिसाबले काम थालिएको हो ।’
उहाँले निजी क्षेत्रबाट एकातिर बजारको माग पनि बुझ्ने र त्यहीअनुसार उद्योगधन्दा, प्रतिष्ठान, श्रमिकहरुलाई लक्षित गरेर टे«निङहरु डिजाइन गर्ने तथा प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार गरी सीपका अवसरहरु प्रदान गर्ने योजना रहेको बताउनु भयो । 
अहिलेको बजार कस्तो छ ?
काठमाडौं टेक्निकल स्कुलकाअनुसार अहिलेको बजार हेर्दा तत्कालै रोजगारी पाइयोस् भन्ने युवाहरुको चाहना रहेको र थोरै समयमा पनि पढेर तयार हुने खालको कोर्सहरु सञ्चालन हुँदैछ ।
अध्यक्ष शर्मालो भन्नुभयो– ‘एउटा सीप सिक्न समेत रमाइलो हुने हस्पिटालिटीको क्षेत्र हो । कुलिनरी आर्ट्स जुन कुक भनेर चिनिन्छ ।  दोस्रो भनेको वरिष्ठा, बार टेनिङ, हाउस किपिङ यस्ता खालका सिपहरु सिक्न बजारमा धेरै देखियो  । नेपालमा मात्रै नभई विश्वव्यापी रुपमै परिस्थिति बदलिरहेको छ, केयर गिभरको क्षेत्रमा वृद्धवृद्धालाई सेवा गर्ने, नर्सिङ होममा सेवा गर्ने चाहना धेरैमा भएको पाइयो ।’
अहिले पनि विशेष गरी हस्पिटालीटि र केयर गिभिङको क्षेत्रमा फोकस गरेर सीपहरु दिने काम भइरहे पनि आगामी दिनमा विभिन्न सेवा प्रदायकहरुसँग मिलेर सिटिभिटीको कोर्स, युएईको सिटि एन क्ङ्सि, अष्ट्रेलियाको सिआइबीटिसँग मिलेर विभिन्न कोर्सहरु डिजाइन गरेर तालिमहरु दिने काम भइरहेको शर्मा बताउनु हुन्छ । 
उहाँले भन्नुभयो– ‘आगामी दिनमा भैतिक  रुपमा र डिजिटली सीपयुक्त तालिमहरु प्रदान गरिँदैछ । बजारमा कस्तो जनशक्ति उत्पादन गरिन्छ भन्ने महत्वपूर्ण हुन्छ । सिटिभिटीको केयर गिभिङको कोर्स छ, त्यही तालिम लिएर नेपालमासँगै बाहिर जाने पनि छन् । विभिन्न होमकेयरहरुमा उनीहरु छन् । सिटीभिटीबाट तालिम लिएकाहरु पनि राम्रो हुँदा रहेछन् भन्ने देखियो । यसलाई स्तरीकरण गर्न विदेशी रोजगारदाता छन् भने उनीहरुले अलि बढी विश्वास बाहिरकै कोर्सलाई गर्ने गरेका छन । त्यसैले केही कोर्सहरु बाहिरकै तालिमप्रदाय, रोजगारदाता, उद्योगहरुसँग मिलेर प्रशिक्षण दिन कोर्सहरु बनाइँदैछ ।’
शर्माकाअनुसार जब उनीहरुसँग मिलेर कोर्सहरु बनाइन्छ र सोहीअनुसारको जनशक्ति तयार गरिन्छ त्यसले परिणाम दिनसक्ने देखिन्छ । विशेष गरी केयर गिभर र हस्पिटालिटी सिक्न चाहेको उत्सुकता देखिएको छ, यसले उत्साहित बनाएको शर्माले बताउनु भयो ।
उहाँकाअनुसार अहिले जुन अदक्ष जनशक्तिले बजारमा रोजगारीका अवसरहरु खोजिरहेका छन् । नेपालभित्र र बाहिर पनि त्यो अवस्थालाई चिर्न सकिनेछ । नेपाली आन्तरीक बजारमा सीप र रोजगारीको असमझदारी जुन छ त्यसलाई सामाधान गर्नुपर्नेछ । त्यही भिजन लिएर अघि बढिरहेको अवस्था छ । 
शर्माले भन्नुभयो– ‘अहिले दुई तरिका देखियो । परम्परागत शैलीबाट कोर्स पढाउने वा रोजगादातासँग जोडेर गर्ने प्रयास कमै छ । यो आफैँमा चुनौतिपूर्ण छ तर त्यहाँ अवसरहरु धेरै छन् । धेरै हस्पिटालीटिदेखि केही केयर होम्ससँग सहकार्य भइसकेको छ । पछिल्लो समय पर्यटन पूर्वाधारमा ठूलो लगानी भइरहेको छ, फाइभस्टर होटलहरु थ्रुपै खुलीरहेका छन् । उनीहरुसँग सम्झौता गरेर नयाँ जनशक्ति उपलव्ध गराउने, जो काममा छन् उनीहरुको क्षमता बिस्तार गर्ने पनि ठूलो चुनौती छ । दुवै पाटोबाट हेर्दा केही क्षेत्रमा राम्रै संख्यामा सीपहरु दिन सकिनेछ ।’
काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी र केयर गिभिङमा शुरु भएको काम बिस्तार गर्नेछ भने इभि प्रविधिको क्षेत्र भएकाले यसको मर्मतसम्भारका लागि नयाँ जनशक्ति तयार गर्नुपर्ने आवश्यकतालाई समेत प्राथमिकतामा राख्नेछ ।  
उहाँले भन्नुभयो–‘सीप बिस्तार गर्ने हिसाबले केयर गिभर र हस्पिटालीटि क्षेत्र बाहेकमा नयाँ मोडलहरु जस्तै, मोबाइल मर्मतसम्बन्धि तालिम दिने, कफि वरिष्ठाको तालिमहरु दिन धेरै इक्वीपमेण्टहरु चाहिने छैन । जतिपनि तालिम दिइनेछ तिनिहरुले आफ्नो गाउँठाउँमै सीप दिन सक्नेगरीको मोडल विकास गरिनेछ । दोस्रो वर्षबाट हजारौंलाई सीपमुलक तालिम दिन सकिनेछ ।’ 
तालिमका प्रकारहरु छोटो समय र लामो समय गरी दुई प्रकारका हुनेछन् । कोही नेपालीहरु बाहिर काम गरेर फर्केका छन् भने उनीहरुलाई रिफेर्सल कोर्सहरु दिने, अहिले काम गरिरहेकालाई क्षमता बिस्तार गर्ने हिसावले स्ीप दिन सकिने शर्मा बताउनु हुन्छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन