fbpx

काठमाडौं महानगरको ४ महिनामा २ अर्ब ९२ करोड राजस्व संकलन

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०र८१ को पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले २७ दशमलव ११ प्रतिशत राजस्व संकलन गरेको छ । साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेले जानकारी दिनुभयाे ।

काठमाडौं महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।

कुन शीर्षकमा कति ?

प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएकोमा २९ लाख ४० हजार उठाएको हो ।

१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख रुपैयाँ अर्थात २७ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएकोमा पहिलो चौमासिकमा ५२ करोड ४७ लाख रुपैयाँ अर्थात ५२ दशमलव ४८ प्रतिशत राजस्व उठेको थियो ।

यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख अर्थात ३० दशमलव ८० प्रतिशत राजस्व संकलन भएको छ । यही शीर्षकमा गएको वर्ष २ अर्ब लक्ष्य राखिएकोमा ४० प्रतिशत अर्थात् ७८ करोड ३७ लाख संकलन भएको थियो ।

यस वर्ष १ अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख रुपैयाँ अर्थात ९.१० प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको पहिलो चौमासिकमा ११ करोड ६८ लाख ३५ हजार राजस्व संकलन भएको थियो ।

यस्तै महानगरले पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख अर्थात् लक्ष्यको ५९ दशमलव ११ शुल्क आम्दानी भएको छ । यस्तै अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा महानगरले चौमासिक अवधिमै ५० लाख ९६ हजार राजस्व संकलन गरेको हो ।

यसअवधिमा नाता प्रमाणित दस्तुरबाट १७ लाख ७४ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ७५ लाख ७६ हजार ४३ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ राजस्व संकलन भएको काफ्लेले बताउनुभयाे । महानगरले यस अवधिमा नाता प्रमाणित दस्तुरबाट ५० लाख रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट २ करोड रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

महानगरमा पहिलो ४ महिनामा विज्ञापन करबाट लक्ष्यको ४।९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार रुपैयाँ प्राप्त भएको छ ।यससँगै महानगरपालिकाले पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँटतर्फ वन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने व्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ ।

संघबाट कति आयो रकम ?

यस वर्ष सशर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र सशर्त अनुदान पूँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य महानगरले राखेका थियो । जसमा सशर्तमा चालुमा अनुदानमा ३५ करोड ६६ लाख र ससर्त पूँजीगत अनुदनामा ७३ लाख ७५ हजार रुपैयाँ अर्थात् दुवैतर्फ २५ प्रतिशत प्राप्त भएको छ ।

काठमाडौं महानगरले २ करोड ५० लाख रुपैयाँ बेरुजु फर्छ्यौट गर्ने लक्ष्य राखिएकोमा पहिलो चार महिनामा १ करोड ३४ लाख अर्थात ५४ प्रतिशत फर्छ्यौट गरेको छ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन