काठमाडौं । काठमाडौं गुर्खाजले विराटनगर किंगसमाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि प्लेअफमा पुग्ने झिनो सम्भावना जीवितै राखेको छ।
यस जितसँगै काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ। यद्यपि, काठमाडौंलाई शीर्ष चारमा स्थान बनाउन अन्य टोलीहरूको नतिजामाथि निर्भर रहनुपर्नेछ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमाडौंले शीर्ष चारमा स्थान बनाउन सक्ने सम्भावना रहनेछ। यसका लागि काठमाडौंले लिग चरणको अन्तिम खेलको नतिजा प्रतीक्षा गर्नुपर्नेछ।
लिगको अन्तिम चरणमा रोमाञ्चक मोड आएको छ, जसले टोलीहरूको प्लेअफ यात्रा थप अनिश्चित बनाएको छ।