काठमाडौं I काठमान्डु गुर्खाजलाई जनकपुरधारा बलिङतर्फको उत्कृष्ट प्रदर्शनले १०१ रनमै अलआउट गरिदिएको छ। ललित राजवंशीको शानदार बलिङले काठमान्डुलाई ३ विकेट खोस्दा जनकपुरधारा काठमान्डुको लक्ष्यलाई सजिलै प्राप्त गर्न सफल भएको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाज १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमै अलआउट भएको थियो। काठमान्डुका लागि जेरार्ड एरासमसले २०, करण केसीले १९ र स्टेफेन इस्क्नाजीले १७ रन बनाए, जबकि अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सक्न सकेनन्।
जनकपुरका बलर ललित राजवंशीले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए। शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट हात पारे। किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए।
यस खेलमा जनकपुरका कप्तान अनिल शाहले ५ क्याच लिने कीर्तिमानी प्रदर्शन गरे। उनले यस खेलमा एकै खेलमा ५ क्याच गर्दै नेपाल प्राइज क्रिकेट लिगमा नयाँ कीर्तिमान बनाए।