काठमाडौं I नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०३ रनमा अलआउट भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमै सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो। लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंको ब्याटिङ लाइनअपलाई दबाबमा राखे।
यससँगै लुम्बिनी लायन्सको लागि १०४ रनको लक्ष्य प्रस्तुत भएको छ। खेलको दोस्रो इनिङ्समा लुम्बिनीले यो लक्ष्य कसरी पछ्याउने हो, त्यो हेर्न बाँकी छ।