fbpx

काठमाडौं  गुर्खाजको पहिलो जित, कर्णाली याक्सलाई ३ विकेटले पराजित

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I काठमाडौं गोरखाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो जित हात पारेको छ। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौंले २ खेलबाट २ अंक जोडेको छ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाउँदै पूरा गर्‍यो।

काठमाडौंका सुमित महर्जन खेलका नायक बने। उनले ३७ बलमा अविजित ४० रन बनाउँदै टोलीलाई जित दिलाए। सुमितले ३ चौका र १ छक्का प्रहार गरेका थिए। कप्तान करण केसीले पनि विष्फोटक इनिङ्स खेले। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतले २८ रन बनाए।

अन्तिम ओभरको पहिलो बल वाइड भएपछि सुमितले चौका प्रहार गरी जित सुनिश्चित गरे। त्यसपछि तेस्रो बलमा उनले अर्को चौका हिर्काउँदै खेल काठमाडौंको पक्षमा समाप्त गरे।

त्यसअघि कर्णाली याक्सले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। पहिलो खेलमा असफल भएका शिखर धवनले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

जेरार्ड एरासमसले काठमाडौंका लागि बलिङमा २ विकेट लिए। करण केसी, नाथन सोटर र दिपेश कँडेलले समान १-१ विकेट झारे।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको कर्णालीलाई यो लगातार दोस्रो हार हो। बलियो कागजी टोली मानिएको कर्णालीले अहिलेसम्म आफ्नो क्षमता देखाउन सकेको छैन।

काठमाडौंको जितले टोलीको मनोबल बढाएको छ। पहिलो खेलमा चितवन राइनोजसँग हार ब्यहोरेको काठमाडौंले अब प्रतियोगितामा थप आत्मविश्वाससहित अघि बढ्ने संकेत दिएको छ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक