कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव शुरु भएको छ । शुक्रवार काठमाडौंको पर्यटन बोर्डमा उत्सव शुरु भएको हो । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव शुरु भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काईंला, अनुप बराल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको छ । उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यस किसिमका उत्सवहरु देशका विभिन्न कुना कन्दराहरुमा पनि हुन जरुरी रहेको साहित्यकारहरुको भनाइ छ । सो अवसरमा साहित्यकारहरुले आफ्ना सिर्जना वाचन गरेर सुनाउनुभएको थियो ।
साहित्यकारहरुले साहित्यमार्फत देशको संस्कार, संस्कृति, सभ्यता, पहिचानलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।
—न्युज एजेन्सी नेपाल