कांग्रेस कास्की सभापति किशोरदत्तको राजीनामा माग

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारबाहीसहित उहाँको राजीनामा माग गरिएको छ । कांग्रेस कास्की क्षेत्र नम्बर १ अन्तर्गतका ३० वटै कार्यसमितिका अगुवा नेता तथा कार्यकर्ताको तर्फबाट मादी ९ का सभापति प्रभात अधिकारीले चुनावमा जिल्लाभरिका उम्मेदवारलाई असहयोग, अन्तर्घात गरेको भन्दै सो माग गर्नुभएकाे हाे ।

निर्वाचन आफू केन्द्रित राजनीति गरेर अन्य सबै उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै अधिकारीले नेपाली कांग्रेस कास्कीको अनुशासन समितिमा गत साता निवेदन दिनुभएकाे हाे । निवेदनको बोधार्थ पार्टीको केन्द्रीय अनुशासन समिति र प्रदेश अनुशासन समिति गण्डकी प्रदेशमा समेत छ ।

स्थानीय तहको निर्वाचनमा आफ्नो दाबी राख्दै आउनुभएका बरालले उपमेयर उम्मेदवार कोपिला रानाभाट हार्नुमा उहाँकै नेतृत्वको कमजोरीको कारण भएको आरोप लगाइएको छ । सभापति बरालले आफूले नेतृत्व लिएपछि ५ वर्षका लागि आफ्नो कुनै पनि पदमा दाबी नरहने भनी कार्यकर्तासँग भोटको याचनासमेत गर्नुभएकाे थियाे । नयाँ उम्मेदवार भएकोले केही गर्नुहुन्छ कि भनी चुनावमा जिताएकोमा उहाँले एकपछि अर्को गल्ति गर्दै आएको निवेदनमा उल्लेख छ ।

निवेदनमा स्थानीय तह निर्वाचनमा पटक पटक कोठे बैठक गर्दै निर्णय गर्ने तर कार्यान्वयन नगरी संगठन अलपत्र पार्ने गरेको, रुपा गाउँपालिकामा उम्मेदवारी एकलौटी र विधि विधान विपरीत परिवर्तन गरेको, जसको मनमुटावले कांग्रेस उम्मेदवार पराजित भएको, पोखरा ३१ वडा कार्यसमितिको विवादलाई चरम उत्कर्षमा लगि ग्रुपिज्म गरेको कारण वडा कार्यसमिति सभापति महेश पौडेल लगायतले पार्टी परित्याग गरी एमाले प्रवेश गर्दा वडामा कांग्रेसहितको गठबन्धन झन् कमजोर बनेको आरोप छ ।

पाँचदलीय गठबन्धन कास्कीका गोप्य निर्णय बाहिर लग्दै आफूलाई मात्रै मत मागेको, जिल्लाभरिको गठबन्धन कमजोर बनाएर आफूमात्रै जित्ने सहमति गरेको, विपक्षी एमाले उम्मेदवारसँग पटक पटक बैठक बसी कास्की १ (क) र (ख) का एमालेसँग कांग्रेस र गठबन्धन कमजोर बनाउने र आफूमात्रै सफल हुने सहमति गरेको निवेदनमा उल्लेख छ ।

आफ्नै पोखरा वडा १३ (रतनपाण्डे मावि बुथ) मा आफूले ५ सय ४२ ले लिड गर्दा प्रदेश उम्मेदवार दीपक गुरुङले मात्रै २ सय ४० मतले मात्र लिड गरेका थिए । बरालकै कारण कतिपय मतदाताले गुरुङलाई भोट नदिएको पनि गुनासो छ । पार्टीका जिल्ला सभापति बरालले गुटगत कार्यकर्ता मात्र परिचालन, चन्दा आतंक, समानुपातिक मत माग्न र मतदाता शिक्षा दिन कुनै प्रयास, प्रचार नगरेको, व्यक्तिगत प्रचारप्रसार, भिडियो अपिल तयार गरी एक्लै हिंडेको, जसले मतदाता कार्यकर्ता र गठबन्धन नै अन्योलमा परेको र विपक्षीलाई सहयोग पुगेको भनिएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...