fbpx

१५ औं कास्की हिसान स्पोर्टस मिट : फाइनल खेलहरुसँगै, आज समापन हुने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट शनिबार तेश्रो दिन पनि विभिन्न खेलहरु भएका छन् । पोखरा रंगशालामा जारी १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, बास्केटबल, टेबुल टेनिस र व्याडमिन्टनका खेलहरु मध्ये व्याडमिन्टनका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका हुन । टेबुल टेनिसको फाइनल खेल तथा बास्केटबल र भलिबलको सेमीफाइनल र फाइनल खेलहरु
आइतबार समापनका अवसरमा हुने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिनुभएकाे थियाे ।

भलिबल १५ औं हिसान स्पोर्टस मिट प्लस टु तर्फ जारी छात्र–छात्रा भलिबलमा स्पाइरल ग्यालेक्सीले फाइनलमा स्थान बनाएको छ । स्पाइरलले आज शनिबार सम्पन्न छात्रतर्फको पहिलो सेमीफाइनलमा केफलाई २४–२६, २५–१८ र २५–१३ ले जित्दै फाइनलमा स्थान बनाएको भलिबलका संयोजक किरण सापकोटाले जनाउनुभएकाे थियाे । यस अघि स्पाइरलले सिर्जनालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

यसै गरी दोश्रो सेमीफाइनल खेल भने प्रतिभा र यूनभर्सका बिच आइतबार हुने छ । तेश्रो स्थानका लागि समेत आइतबार नै खेल हुने संयोजक सापकोटाले जनाउनुभएकाे छ। यता छात्रातर्फको फाइनलमा गुरुकुल र हिल पोइन्ट आमने सामने हुनेछन् ।
गुरुकुलले पश्चिमाञ्चललाई २–० को सोझो सेट र हिल पोइन्टले मदरल्याण्डलाई २–० को सोझो सेटमा सेमीफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् । तेश्रो स्थानका लागि पश्चिमाञ्चल र मदरल्याण्ड विच खेल हुने आयोजकले जनाएको छ ।

बास्केटबल स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र–छात्रा बास्केटबल प्रतियोगिताका खेलहरु शनिबार पनि जारी रहेको बास्केटबल खेलका संयोजक खिम गुरुङले जनाउनुभएकाे छ । शनिवार प्लस टु छात्र–छात्रा र युनिभर्सिटी छात्र–छात्रा तर्फ गरी कूल १९ खेल सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तर्गत छात्र बास्केटबलको सेमीफाइनलमा न्यू ग्यालेक्सी र हिल पोइन्टका विच पहिलो खेल हुनेछ दोश्रो खेल प्रतिभा र मनकामनाका विच हुने छ । न्यू ग्यालेक्सीले बालल्याणलाई ४४–८ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्दा हिल पोइन्टले सगरमाथालाई ३४–२९ ले पराजित गर्दै न्यू ग्यालेक्सी संग भेट पक्का गरेको थियो । त्यसै गरी मनकामनाले जेसिएलाई ४०–२१ ले तथा प्रतिभाले मास ५०–४८ को स्कोरले पराजित गरी अन्तिम चारमा स्थान बनाएका छन् ।

त्यसै गरी प्लस टु छात्रातर्फ प्रतिभा र ग्लोबल, मेरीगोल्ड र भाष्करका विच सेमीफाइनल खेल हुने पक्का भएको छ । आज सम्पन्न क्वाटरफाइनल खेलमा प्रतिभाले न्यू ग्यालेक्सीलाई ७–२ ले, ग्लोबलले जेसिएलाई २१–४ ले,मेरी गोल्डले पासलाई १४–४ ले भाष्करले केफलाई ८–० को स्कोरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।

यता युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेश्रो भएको छ । छात्रातर्फ पेकलाईहराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

व्याडमिन्टनतर्फ फाइनल सम्पन्न
१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टन फाइनलका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले बताउनुभएकाे छ । प्लस टु छात्र सिंगल्सतर्फ प्रगतीका शंसाक अधिकारी प्रथम, प्रगतीका आयुस थापा द्वितिय,सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतिय भएका छन् । छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोश्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समिक्षा गुरुङ र सगरमाथाकी सविना राना मगर तेश्रो भएका छन् ।

छात्र डबल्सतर्फ प्रगती पहिलो, सगरमाथा दोश्रो, पिकेजी र प्रतिभा तेश्रो भएका छन् । छात्रा तर्फ सगरमाथा पहिलो, दोश्रो कास्की मोर्डनाइज, गुरुकुल विद्यासदन र ज्योती कुञ्ज तेश्रो भएका छन् । युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो,इन्फरमेटिक्सका थमन सिंह थापा दोश्रो, पोखरा लिंकनका रिजन सूर्यवंशी र पेकका निशान थापा तेश्रो भएका छन् । छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोश्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेश्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोश्रो र पेक तेश्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोश्रो र तेश्रो भएको हिसान कास्कीले जनाएको छ ।

टेबुल टेनिस
प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फ सिंगल्स क्वाटरफाइनल खेलहरु सम्पन्न भएको टेबुल टेनिसका संयोजक आनन्दराज अधिकारीले जनाउनुभएकाे छ । फाइनल खेलहरु आइतबार सम्पन्न हुने अधिकारीले
जनाउनुभयाे ।

हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाउनुभएकाे छ । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिनुभयाे ।

विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ ।
यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डबल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिनुभयाे । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय,कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउनुभएकाे छ । जस मध्ये ९ बटा विश्वविद्यालय रहेका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिनुभयाे ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन