कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को बिजयी यात्रा जारी

author

समाचारपाटी

२ years अगाडि

सन्देश श्रेष्ठ,पोखरा । कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले बिजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ बिजयी भएको हो ।

आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव बिरेन पुनले जानकारी दिनुभयाे ।

आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गर्नुभएकाे थियाे भने बलिङतर्फपनि १ विकेट लिनुभयाे । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताउनुभयाे ।

यसअघि शनिबार भएको पहिलो खेलमापनि कास्की ‘बी’ बिजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले जानकारी दिनुभयाे ।

२८ बलमा ४० रन बनाएकी श्रृष्टी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित भएकी पुनले बताउनुभयाे । पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गर्नुभएकाे थियाे । उहाँले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयाे ।

उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो । यसैबीच, प्रतियोगिताको उपाधि भिडन्त भोलि सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर दुई टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले जानकारी दिनुभयाे । प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताउनुभयाे ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन