fbpx

कास्की जिल्ला जुडो संघले जित्यो ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ को उपाधी

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा भएको ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ भव्य रुपमा सम्पन्न भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ शुक्रबार र शनिबार पोखरा रंगशालाको कभड हलमा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद नन्द प्रसाद न्यौपानेको आतित्यथामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले कुनैपनि व्यक्तिलाई खेलकुदले मर्यादाता, अनुशासन र समुहमा मिलेर काम गर्ने सक्ने बानिको विकास गर्ने बताउनुभयाे । उहाँले खेलाडीहरु भनेको राष्ट्रको गहना भएको र विभिन्न खेलका माध्यमबाट खेलाडीहरुले राष्ट्रको प्रतिनिधित्व गरि विश्वसामु नेपाललाई चिनाउन यस क्षेत्रले प्रमुख भूमिका खेलेको बताउनुभयाे ।

प्रमुख अतिथि न्यौपानेले जुडो वास्तवमा निकै अनुशासित र उत्कृष्ट खेल भएको तर यस खेलको विकासका लागि यस खेलसँग सम्बन्धीत निकाय र सरकारको त्यति ध्यान जान नसकेकोले सबैको ध्यान केन्द्रित गर्नको लागि आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा कास्की, गार्खा, नवलपुर, मोरङ, बिराटनगर र सुनसरी गरि ६ वटा टिमबाट पुरुषतर्फ १० र महिलातर्फ ८ गरि १८ वटा तौल समुहमा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ –२५, –३०, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ केजी गरी १० तौल समुहमा प्रतिस्पर्धा भएको थियो । यस्तै महिलातर्फ –२८, –३२, –३८, –४४, –४८, ५२ र +५७ केजी गरी ७ तौल समुहमा प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतियोगितामा पुरुषतर्फ –२५ केजी तौल समुह अन्तर्गत मोरङका निखिल शाहीले स्वर्ण पदक, विराटनगरका निर्भिक प्रताप रानाले रजत पदक र कास्कीका महिष विक र नवलपुरका सोनम विकले कास्य पदक जितेका थिए ।

–३० केजी तौल समुहतर्फ कास्कीका निशान नेपाली र मञ्जित परियारले स्वर्ण र रजत र गार्खाका सुनिल लिम्बूले कास्य पदक प्राप्त गर्न सफल भए । –३५ केजी तौल समुहमा मोरङका विज्ञान अधिकारी स्वर्ण, गार्खाका अमोद कुमार रजत र कास्कीका शिरीष पुनले कास्य पदक हात पारे ।

पुरुषतर्फको नै –४० केजी तौलमा विराटनगरका सुजन राजवंशी स्वर्ण र मोरङका सोनम कुमार देओले रजत पदक जिते । –४५ केजीमा संजोक परियार कास्कीबाट स्वर्ण, प्रसात राई सुनसरीबाट रजत र गार्खाका शिव मरासोरनीले कास्य पदक प्राप्त गरे । कास्कीका आदित्य गुप्ता, विराटनगरबाट सरोज राजवंशी, कास्कीका तितस खड्का र स्यामुयल लिम्बूले –५० केजीमा क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

–५५ केजी तौलमा कास्कीका आयुष महतो, नवलपुरका देभिस गुरुङ, मोरङका हिमान्सु कुमार पाल र विराटनगरका लक्की राजवंशीले क्रमश स्वर्ण, रजत र कास्य पदक हासिल गरे । यस्तै पुरुष तौल समूह अन्तर्गत नै –६० केजीमा गार्खाका दिपेश गुरुङ, कास्कीका मनिष परियार र बिराटनगरका अनुज रावंशीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गरेका छन् ।

–६६ केजीमा आशिष तामाङले कास्कीका लागि स्वर्ण, गोर्खाका मनोज तामाङले रजत, बिराटनगरका आरुस पाखरेल र नवलपुरका सन्दिप परियारले कास्य पदक पाउन सफल भए । पुरुषतर्फ नै अन्तिम तौलसमुह अन्र्तगत +७३ केजीमा कास्कीका विज्ञान टि खत्री, विराटनगरका रोशन राजवंशी र सुनसरीका अक्लिस शाही ठकुरीले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

त्यस्तै महिला तौल समुह अन्र्तगत ७ वटा विधामा भएको प्रतियोगितामा –२८ केजीमा कास्कीकी निशा नेपाली, मोरङकी रिया शाह र गोर्खाकी कृति वि.क.ले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । –३२ केजीमा मोरङकी संस्कृति अर्घहरीले स्वर्ण, कास्कीकी बिषु मगरले रजत, कास्कीकै जमुना श्रेष्ठले र गोर्खाकी सुरक्षा परियारले कास्य पदक हासिल गरे ।

यस्तै –३८ केजीमा कास्कीकै आश्मा गुरुङ र गंगा श्रेष्ठले स्वर्ण र रजत पदक प्राप्त गरे । महिलातर्फको नै अर्को तौलसमुह अन्र्तगत –४४ केजीमा कास्कीकी मनमाया तामाङ, गोर्खाकी प्रतिका नेपाली, सुनसरीकी प्रासन्ना राई र नवलपुरकी मेघ्मा गुरुङले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।

कास्कीका दुई खेलाडी कमला तामाङ र अनिता परियारले क्रमश –४८ केजीमा स्वर्ण र रजत प्राप्त गरे । –५२ केजीको विधामा बिराटनगरकी यशिका खड्का र सुनसरीकी सुप्रिया राईले स्वर्ण र रजत हासिल गर्न सफल भए ।

यसै प्रतियोगिता अन्र्तगत –५७ केजी तौल समुहमा कास्कीकी मिक्सा लिम्बु, गोर्खाकी मनिषा तामाङ, सुनसरीकी दिपसिका आचाजु र समिक्षा धमेलले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । यस्तै ११ वटा स्वर्ण, ४ रजत र ३ कास्य गरी १८ वटा पदकसहित कास्की जिल्ला टिम च्याम्पियन बनेको छ । मोरङले ३ स्वर्ण, २ रजत र १ कास्य गरी ६ वटा पदकसहित दोस्रो हुन सफल भएको छ । त्यसैगरी २ स्वर्ण, ४ रजत र २ कास्य गरी विराटनगर तेस्रो भएको छ ।

यस्तै पुरुषतर्फको प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी कास्कीका आयुष महतोले जितेका छन् भने महिलातर्फ मोरङकी संस्कृति अर्घहरीले उपाधी चुमेकी छन् । सो कार्यक्रममा विगत १६ वर्षदेखि निरन्तर रुपमा जुडो खेलको विकासका निम्ति लागि परेका स्वयम सेवक प्रशिक्षक रबि चौधरीलाई आयोजक संस्था कास्की जिल्ला जुडो संघले सम्मान समेत गरेका छ ।

कार्यक्रममा संघका उपाध्यक्ष सन्त बहादुर लामिछानेले आर्थिक अभावका वावजुत पनि यस जुडो खेल र खेलाडीको समग्र विकासका निम्ति प्रतियोगिता आयोजना गरेको बताउनुभयाे । उहाँले केही समय हुन नसकेको खेलकुदको गतिविधिलाई चलायमान बनाउन पनि आफुहरुको नयाँ आएको टिमले छोटो समयमा नै विभिन्न कठिनाइहरुको सामना गर्दै प्रतियोगिताको आयोजना गरेको बताउनुभयाे ।

खेलकुद क्षेत्रसँग सम्बन्धीत निकायहरुबाट सोचे अनुरुपकोसहयोग प्राप्त नभएपनि संघभित्र कै पदाधिकारीहरुबाट र केही सहयोगी दाताहरुको हातेमालोमा प्रतियोगितालाई सफलतापूर्व सञ्चालन गरेको जनाउनुभयाे ।

संघका अध्यक्ष पद्य बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जुडो महासंघका महासचिव प्रकाश पाण्डे, गण्डकी प्रदेशका महासचिव निरज पन्त आइजेएफ रेफ्रि पृथ्वी आलोक लगायतले आफ्ना भनाइहरु राख्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२३.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...