fbpx

कस्केली अधिकृत समाजद्वारा बाग्लुङ तथा पर्वतका पर्यटकीय गन्तव्यको प्रवद्धनात्मक भ्रमण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । कस्केली अधिकृत समाजले शनिबार बाग्लुङ तथा पर्वतका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ । पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई भ्रमणका माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यका साथ वार्षिक रुपमा गर्दै आइएको भ्रमण यस वर्ष पर्वत तथा वाग्लुङका पर्यटकीय गन्तव्यलाई केन्द्रित गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले
जानकारी दिनुभयो ।

समाजले विभिन्न रचनात्मक कार्यक्रमका माध्यमबाट समाजमा केही न केही योगदान पुगोस् भन्ने हेतुका साथ यस किसिमका कार्यक्रमलाई जोड दिएको उहाँले बताउनुभयो । कस्केली अधिकृत समाजका सदस्य एवम् परिवारजन समेत ५० जनाको सहभागिता रहेको र सो क्रममा बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालय, पर्वतका अग्ला पुल लगायतको अवलोकन गराइएको समाजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक लोकनाथ दवाडीले जानकारी दिनुभयो ।

कार्यक्रमकै क्रममा गण्डकी प्रदेश खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमल्सिना र कृषि विकास बैंकका बरिष्ठ शाखा अधिकृत गायत्री सुवदीलाई समाजको नयाँ सदस्यका रुपमा स्वागत गरिएको समाजका सचिव महेश पौडेलले बताउनुभयो ।
अघिल्ला दुई वर्ष कोरोना कहरका कारण यस किसिमको कार्यक्रम सञ्चालन गर्न नसकिए पनि आगामी वर्ष यसलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

यस किसिमको कार्यक्रमले गन्तव्यस्थलको प्रवद्र्धनसँगै समाजका कार्यसमिति एवम् आजीवन सदस्यबीच आपसी भाइचारा अभिबृद्धि हुने समाजका सल्लाहकार एवम् पूर्व अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले बताउनुभयो । कार्यक्रमका लागि उपाध्यक्ष लोकनाथ दवाडीको संयोजकत्वमा महेश पौडेल, वासुदेव पौडेल, सन्तोष ढुङ्गाना, अनिल सुवेदी र मैया पराजुली रहनुभएको उपसमिति गठन गरिएको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...