काठमाडौं I विलियम बोसिस्टोको कीर्तिमानी प्रदर्शनले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ।
बोसिस्टोले एकै खेलमा ६ विकेट लिँदै मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्न महत्वपूर्ण भूमिका खेले।
सुरुवाती दुई खेलमा पराजित कर्णाली याक्सले यस जितसँगै आफ्नो लय समातेको छ।