नाग्म–जुम्ला बजार सडकखण्ड आन्दोलनका कारण बिहानदेखि बन्द

author

समाचारपाटी

२ years अगाडि

जुम्ला । कर्णाली राज मार्गको नाग्म–जुम्ला बजार सडकखण्ड आन्दोलनका कारण बिहानदेखि बन्द भएको छ । जुम्ला चन्दननाथ नगरपालिकाका धन गिरीको न्यायका लागि स्थानीयले बिहानैदेखि कर्णाली राजमार्ग बन्द गरेका हुन्। २०७७ असोज १५ गते देखि बेपत्ता भएका ट्याक्टर चालक गिरी हालसम्म नभेटेपछि आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन । चार वर्ष वितिसक्दा समेत घर नफर्के पछि परिवारले जिल्ला प्रहरी कार्यालयलाई खोजि गरिदिन आग्रह गरेका थिए।

यसैबीचमा जुम्ला जिल्ला अदालत र उच्चअदालत सुर्खेतको इजलासले घटनाका प्रतिवादीलाई सफाइ दिएपछि गिरीका परिवार थप आन्दोलित बनेका हुन्। 

बन्दका कारण जुम्लाबाट जाने आउने लोमो तथा छोटो दुरीका सवारी बन्द भएका छन् । जुम्लाबाट  काठमाडौं, नेपालगञ्ज, सुर्खेत,कालिकोट , नग्म,सिन्जा जाने यत्रु अलपत्र परेका छन् । अन्दोलनकारीले एम्बुलेन्स लयातका अतिआवश्यकका सवारी साधन समेत चल्न दिएका छैनन् । 

घटना भएको सात महिनापछि तातोपानि गाउँपालिका -५ श्रीनगरको चौर नजिक तिला नदीमा शंकास्पद मानव कंगाल भेटिएको थियो। कंगलाको डीएनए परीक्षणका लागि पठाएकोमा हालसम्म रिपोर्ट आएको छैन। रिपोर्ट नआउँदै घटनाको दोषीलाई सफाइ दिएको भन्दै गिरीका आफन्तको भनाइ छ।

गिरी २०७७ साल असोज १५ गते सहचालनकसहित जुम्ला बजारबाट ट्याक्टर लगेर गुठिचौर गाउँपालिकाको मणीसाघु गएका थिय।  उक्त ठाउँबाट फर्किने क्रममा गुठिचौरकै लामाकार भीरबाट बेपत्ता भएका थिए । उक्त दिन गुठिचौर गाउँपालिका -५ का बिमलसहितको ४ जनाको टोलिले ट्याक्टर रोकेर चढेका थिए। 

​​​​​​​उनीहरुले  ट्याक्टर रोकेर चाबी खोसी ढुंगामुडा गरी चलकलाई बेपत्ता परेको घटनाको विवरणले देखाएको छ। घटनाको विवरणका आधारमा ती चारजनाविरुद्ध अपहरण गरी व्यक्ति वेपत्ता पारेको आरोपसहित  मुद्दा दायर भएको थियो। जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले आन्दोलनकारीसँग वार्ता भइरहेको जानकारी दिएका छन्। 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन