fbpx

बुटवलमा दुई महिनामै कर्णाली प्रदेशका ५ करोडको स्याउ बिक्री

author

समाचारपाटी

५ महिना अगाडि

 बुटवल । बुटवलमा दुई महिनामै कर्णाली प्रदेशका जुम्लासहित विभिन्न जिल्लामा उत्पादन भएको स्याउमध्ये करिब पाँच लाख केजी (५०० टन) स्याउ बिक्री भएको छ । कर्णालीको जुम्ला, कालीकोट, डोल्पा, मुगु , हुम्लालगायत जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ भदौदेखि असोजसम्म सुर्खेत हुँदै बुटवल भित्रिने गर्छ ।

दुई महिनाको अवधिमै पाँच लाख केजी स्याउ बिक्र‍ी हुँदा पाँच करोड रुपैयाँको बराबरको कारोबार भएको १४ वर्षदेखि जुम्लाको स्याउ बिक्री गर्दै आएका बुटवलको आशिक फ्रुट सेन्टरका सञ्चालक कलाधर पन्थीले बताउनुभयाे । बुटवलमा आधा दर्जन व्यवसायीले कर्णालीको स्याउ बेच्ने गरेका पन्थीले बताए । ‘कर्णालीको स्याउ गत वर्षभन्दा दोब्बर बढी बिक्री भयो,’ पन्थीले भन्नुभयाे, ‘आफ्नै देशको उत्पादन, मूल्य पनि सस्तो, गुणस्तर र स्वाद पनि राम्रो भएकाले उपभोक्ताले स्वदेशी स्याउलाई माया गरेका छन् ।’

यो सिजनमा मात्रै पन्थीले ५५ लाखको कर्णालीको स्याउ बेचेको बताउनुभयाे । स्वदेशी स्याउको उत्पादन र खपत बढ्दै जाँदा भारतीय र चीनबाट आयात हुने स्याको बिक्री ह्वात्तै घटेको पन्थी बताउँनुहुन्छ ।‘नेपाली उपभोक्तामा पाएसम्म आफ्नै देशको स्याउ खानुपर्छ भन्ने राष्ट्रियताको भावनाको विकास भएको छ, यो ज्यादै राम्रो हो,’पन्थीले भन्नुभयाे, ‘स्वदेशी स्याउ सहजै उपलब्ध भएपछि भारतीय र चिनियाँ स्याउको माग र खपत दुवै घटेको छ ।’

कर्णालीको स्याउको पहिलो ठूलो बजार सुर्खेत र दोस्रो बुटवल भएको सुर्खेतमा रहेका कर्णालीको स्याउको थोक व्यापारी प्रबल शाहीले बताउनुभयाे। कर्णालीमा उत्पादन हुने स्याउलाई बजारको समस्या नभएको तर बजार व्यवस्थापनमा सरकारको चासो र ध्यान नगएको शाहीले गुनासो गर्नुभयाे । शाहीका अनुसार जुम्लाको चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान छ । उत्पादन भएकोमध्ये आधा हिस्सा कम्तीमा ५५ रुपैयाँका दरले जिल्ला बाहिर निर्यात हुँदा जुम्लालाई करिब ५० करोड आम्दानी भएको उहाँले बताउनुभयाे ।

सरकारले स्याउ खेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गरी सिंगो कर्णाली प्रदेश, सुदूरपश्चिमका केही र गण्डकीको मुस्ताङसहितका केही जिल्लालाई ‘स्याउ हब’ बनाउने हो भने अहिलेको उत्पादन दोब्बर गरी सिंगो देशलाई ६ महिनासम्म पुग्ने स्याउ नेपालमै उत्पादन गर्न सकिने शाही बताउंनुहुन्छ ।

‘अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ,’ शाहीले भन्नुभयाे, ‘उत्पादन बढाई चिस्यान केन्द्रमा राख्ने हो भने नेपालको कूल स्याउ बजारको ६ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।’

अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका तर सरकारको ठोस भूमिका नभएको शाहीले औंल्याउनुभयाे । भारतीय स्याउ प्रतिकिलो २५० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो २ सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ प्रतिकिलो डेढ सय देदखि २ सय रुपैंयाँ भन्दा कममा पाइन थालेपछि अरू स्याउको विक्री बन्द भएको व्यवसायी शाहीले बताउनुभयाे । दुई वर्षदेखि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कर्णालीका विभिन्न जिल्लामा १० हजार बिरुवा पुर्‍याउने लक्ष्यसहित सामूहिक स्याउ खेती गर्न थालेपछि उत्पादन वृद्धि हुने आशा पलाएको शाहीले बताउनुभयाे ।

जुम्ला वा मुस्ताङ सहित उत्पादन हुने ठाउँमा स्याउको उत्पादन बढाउने हो भने फलफूल व्यवसायीले स्वदेशी स्याउलाई प्राथमिकता दिएर बिक्री वितरण गर्ने र यसबाट आयात प्रतिस्थापन तथा ब्यापार घाटा कम गर्न योगदान पुग्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयाे । ‘माग र खपतभन्दा बढी उत्पादन भएको अवस्थामा स्याउलाई भण्डारण गरी पछि बिक्री गर्न सकिने वातावरण बनाउन सरकारले ठाउँ ठाउँमा स्तरीय शीत भण्डारणहर स्थापना गरी किसान र व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक छ,’ अर्यालले भन्नुभयाे, ‘रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल समेत रहेकाले कर्णालीको अर्गानिक स्याउ विदेश निर्यात गर्न पनि सकिन्छ ।’

onlinekhabar


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

१९.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...