कर्णाली प्रदेशमा कांग्रेसका ४ मन्त्रीले लिनुभयाे शपथ

author

समाचारपाटी

१२ महिना अगाडि

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त हुनुभएकाे छ ।

नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे छ । कांग्रेसले गत शुक्रवार नै आफ्ना तर्फबाट मन्त्री हुने सांसदहरूको नामावली मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो । तर मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफैसँग राख्न खोजेपछि त्यस दिन मन्त्रीहरूको नियुक्ति र शपथ हुन सकेको थिएन ।

८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने हुनुभएकाे छ । नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।


काठमाडौं

आइतवार, साउन ५, २०८२

२०.३३°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

गाँजा र अर्थतन्त्र 

अर्थतन्त्रको कुरा गरिरहदा आज यो विषय जोड्न मन लाग्यो । अहिले काठमाडौं लगाएत विभिन्न ठाउँहरुमा गाँजा (marijuana) वैधानिकताको माग सहित आन्दोलन...

विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता...

एमाले पोलिटब्युरो बैठकः उमेर हद र दुई वर्षे कार्यकाल...

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन