fbpx

दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

author

समाचारपाटी

२ हप्ता अगाडि

सुर्खेत । कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

राजमार्गको कालीकोट खण्डमा तीन ठाउँमा गएको पहिरो पन्छाउन बाँकी रहेकाले आइतबार बिहानसम्म पनि राजमार्ग सञ्चालन हुन नसकेको हो । राजमार्गको दैलेख खण्डमा अवरुद्ध भएको सड्क भने सञ्चालनमा आइसकेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका -१, गगने खोला, खाँडाचक्र नगरपालिका-२, उम्ल बजार र तिलगुफा नगरपालिका -६, टिमुरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी विनोद शर्माले जानकारी दिनुभयाे । ‘अहिलेसम्म कर्णालीमा मानवीय क्षति भएको छैन । कर्णाली राजमार्गको तीन ठाउँमा अवरुद्ध छ,’ एसपी शर्माले भन्नुभयाे, ‘अवरुद्ध सड्कको पहिरो हटाउने काम भइरहेको छ ।’

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेत आउने सवारी साधनहरू बीच बाटोमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, साउन ५, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन