fbpx

कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध

author

समाचारपाटी

८ महिना अगाडि

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ ।


बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै बिरोध जनाएको हो । सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलवार प्रहरीले पक्राउ गरी धनुषा पुर्याएको थियो । सोही विषयमा मिडिया सोसाइटीले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर संघर्ष गर्ने बताउनु भयो । उहाँले आफूहरुले बोलेर र लेखेर संघर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि संघर्षमा उत्रेको बताउनु भयो । उहाँले सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको बताउनु भयो । अध्यक्ष कँडेलले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति शुरु भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘जहाँ जहाँ तानाशाही प्रकारको शासन व्यवस्था लाद्न चाहन्छन् । चुनाव जितेका हुन् । पार्टी बनाएका हुन् । संविधानमा लोकतान्त्रिक भनिएको होस् । तिनीहरुले गर्ने भनेको यस्तै अधिनायकवादी बाटो, निरंकुशताको बाटो हुँदोरहेछ । त्यसकारण नेपालमा अहिले खतरा के हो भने यो नयाँ खालको अधिनायकवादी तरिका मिडिया ओनरलाई तर्साएर मिडियालाई आफ्नो बशमा राख्छु । वा मिडियाको मुख बन्द गराउँछु भन्ने नयाँ खतरनाक प्रवृत्ति शुरु भएको छ । अर्को हाम्रो माग छ, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भन्न चाहन्छु, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि कतै कुनै विवरण बदल्नु भएको छ कि ? मलाई शंका छ । आजकाल उहाँहरुको नागरिकता हाम्रो जस्तै कागजमा आउँछ । प्रतिलिपि निकालेको बोक्नु भएको छ । प्रतिलिपि निकाल्नुभन्दा पहिला त कैलाश सिरोहियाको जस्तै नेपाली कागजमै थियो होला । नेपाली कागजमा भएको नाम, थर, जिल्ला, उमेर, मितिको बारेमा नेपाल मिडिया सोसाइटीलाई पनि गम्भीर शंका छ । सबै पत्रकार साथीहरुलाई एकचोटी प्रधानमन्त्रीको र पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको नागरिकताको विवरण पक्कैपनि फरक पर्यो होला कि ? बदलिएको छ कि ? त्यसबारेमा हामीले एकपटक खोजौँ । कैलाश सिरोहियाको रिहाइ नभएसम्म र उहाँमाथिको गिरफ्तारीको विरुद्ध निरन्तर संघर्षरत छौँ । मिडिया संघर्षरत भनेको हामी बोलेर हो । लेखेर हो । हाम्रो बोली र लेखाइ नै सबभन्दा ठुलो बल हो । हामीले बोल्ने र लेख्ने भनेको कैलाश सिरोहियाको माया लागेर नभएर कैलाश सिरोहिया बच्नुपर्छ । अन्य मिडियाजस्तै ऊ पनि बच्दाखेरी मात्रै नागरिकको आवाजलाई जनतासम्म पुर्याउन बल मिल्छ । र यसलाई अझ बलियो बनाउनुपर्छ भन्ने हदमा मात्र हामीले यसको बारेमा विरोध गरेका हौँ । संघर्षमा आएका हौँ ।’


अध्यक्ष कँडेलले पूर्वप्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने भन्दै त्यसबारे पनि खोज्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक