fbpx

रचना होइन, भूपीको मीठो बोलीमा प्रभावित थिएँ : कान्ति

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । ‘हामी काठमाडौंमा बसोबास गर्ने, भेट पहिलोपटक हस्पिटलमा भएको हो।’ पोखरामा आयोजित एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा सुरुआती चरणमै कवि भूपी शेरचनकी जीवनसंगीनी कान्ति शेरचनले भन्नुभयाे, ‘यसरी भेटघाट
मात्रै हाम्रो करिब ४÷५ वर्ष जति भयो होला ।’पोखरामा फागुन १५ गतेबाट सुरुआत भएको फेस्टिभलमा साहित्यमा रुचि राख्नेको
जभघट छ । यही क्रममा ‘स्मृतिमा भूपी’ सेसन अन्तरगत भूपी पत्नी कान्ति तथा छोरी कविता वक्ताका रुपमा उपस्थित हुनुहुन्थ्याे भने सहजकर्ताका रुपमा बसन्त थापा । कार्यक्रम उद्घाटन भइसकेपछिको दोस्रो सेसनका क्रममा उहाँहरुले आफ्नो भनाई व्यक्त गरे । सहजकर्ता थापाले भूपी र कान्तिको प्रेम, विवाह र उमेरको फरकपनको विषयमा प्रश्न राख्दै गर्दा कान्तिले भन्नुभयाे, ‘अरुको २०÷२५ वर्ष हुन्थ्यो होला, तर हाम्रो त जम्मा १२ वर्षको फरक मात्रै हो ।’ कान्तिले भन्नुभयाे ।

भूपी थकालीको छोरो, कान्ति राणाकी छोरी उनीहरुको जात धर्म केही मिल्दैनथ्यो । अन्तरजातीय विवाहलाई सफल बनाएर समाजसंगै अगाडि बढ्नु त्यो बेला दाँत ढुंगा पचाउनु सरह थियो । त्यस माथि भूपी पहिलेदेखि विवाहित थिए । त्यो बेला अन्तरजातीय विवाह गर्नु कसैको लागि सहज थिएन । धेरै समयसम्म उनीहरुको विवाहलाई कान्तिको परिवारले स्वीकार गर्न सकेन । ‘हाम्रो सम्बन्धलाई प्रेमपछिको विवाह भने पनि हुन्छ,धेरै समय हामीलाई मेरो परिवारबाट स्वीकार भएन ।’ कान्ति भन्नुहुन्छ, ‘छोरी कविताको जन्म भएपछि भने सबै पक्षबाट हाम्रो सम्बन्धलाई स्वीकार गरियो ।’ भूपीको पहिले नै विवाहित भएको विषयमा कान्तिलाई राम्ररी जानकारी थियो । उहाँलाई लाग्छ, त्यसरी स्वीकार गर्न सक्नु पनि सायद मायाप्रेम पो थियो कि ।
यता भूपीकी छोरीको अनुभव बेग्लै छ । साहित्यकारका रुपमा भन्दा उहाँले उत्कृष्ट बुवाका रुपमा भूपीलाई कविताले चिन्ने मौका पाइन् । सुरुआतको समयमा कवितालाई बुवा भूपीको ख्यातीबाट त्यति खुसी मिल्थेन । बुवालाई भेट्न किन यति धेरै जना
आउँछन् भन्ने लाग्थ्यो । ‘पछि बुझ्दै गएँ, अहिले त आफूलाई भूपीको छोरी हुँ भनेर चिनाउन पाउँदा गर्व लाग्छ ।’ हर्षित मुद्रामा उहाँले भन्नुभयाे ।

कहिलेकाहीं भूपीलाई राजाको समर्थकका रुपमा समेत अथ्र्याइने गरेको छ । यसमा कविताको गुनासो छ । छोरीको रुपमा कविताले भूपीलाई जुन रुपमा बुझिन् सायद अरुले बुझ्न सकेनन् । समर्थक पनि कसलाई र कस्तो विचारका व्यक्तिलाई गर्ने भन्ने
लाग्छ उहाँलाई । ‘उहाँ राजा भन्दैमा सबै राजाको समर्थक हुनु भएन, वीरन्द्रको मात्रै हो, वीरेन्द्रको विचारबाट प्रभावित हुनुभयो ।’ उहाँ भन्नुहुन्छ, ‘पञ्चायतकोसमर्थक भने कहिले हुनुभएन, यसमा सायद भ्रम पर्यो कि ?’

साहित्य बजार वा भूपीको विषयमा परिचर्चा चलिरहँदा उनको मदिरा पिउने बानीको खुबै चर्चा हुने गर्छ । मदिरासंग भूपीको लगनगाँठो कसिएको थियो, भन्ने खुब चर्चा चल्छ नि भन्ने बसन्त थापाको प्रश्नको जवाफ दिँदै कविताले भन्नुभयाे, ‘यो हल्ला गलत
थियो, पहिले पिउनुहुन्थ्यो होला, तर मेरो जन्म भएसकेपछि भने पिउने बानी धेरै हदसम्म छयो हल्ला गलत थियो, पहिले पिउनुहुन्थ्यो होला, तर मेरो जन्म भएसकेपछि भने पिउने बानी धेरै हदसम्म छुटिसकेको थियो रे ।’ हरेक मान्छेको आ–आफ्नै
कमीकमजारी हुन्छन्, कवितालाई लाग्छ, सायद भूपीको पनि थियो । भूपी आफूबाट गल्ती भएमा सन्तानसंग आएर माफी माग्दै संगै रुन्थे । छोरा र छोरीबीच कहिले भिन्नता गरेनन् । ‘कमीकमजोरीका बाबजुद उहाँ हाम्रो लागि उत्कृष्ट अभिभावक
हुनुहुन्थ्यो ।’

कविता आफैले बुवा भूपी शेरचनलाई समर्पित गर्दै किताब समेत प्रकाशित गर्नुभएकाे छ । पहिले उहाँलाई बुवा जस्तो व्यक्तिको विषयमा लेख्न सक्दिन । साथीले उहाँलाई बुवा भूपीको विषयमा लेख्न हौस्याइरहन्थे । तर म सक्दिन भन्दै टारिरहनुहुन्थ्याे कविता । पछि भने आफूले आफूलाई हिम्मत दिएर किताब प्रकाशित गर्नुभएकाे छ । ‘मेरो जोसंग राम्रो चिनारी थियो, उहाँहरुसंगको अनुभवलाई समेटेर किताब लेखेको हुँ ।’ उहाँ भन्नुहुन्छ ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...