fbpx

कञ्चनपुरमा युवकको हत्या आरोपमा २ जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार कृष्णपुर नगरपालिका–२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाइ मृत अवस्थामा भेटिएकोमा उनको हत्या आरोपमा प्रहरीले भतिज र भाञ्जा नाता पर्ने दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाइ र भाञ्जा २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश डाँगीका अनुसार साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको पाइएको हो।

कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरूले खुलाएका छन्।

तीनै जनाले मदिरा खाएको र सम्झाउने क्रममा वादविवाद भएपछि हात, लात्ती र बगरको ढुंगाले हिर्काउँदा घटनास्थलमा नै मृत्यु भएको पक्राउ परेका अजय र हरिसले बयान दिएका डीएसपी डाँगीले बताउनुभयो।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक कुवेर दमाईको घरमा आमा बुबालाई दुःख हैरानी दिने, घरमा रहेका सामान समेत बिक्रीवितरण गर्नुका साथै मादक पदार्थ सेवन गर्दै आएकोले सँगै मदिरा सेवन गरी सम्झाइ बुझाइ गर्ने क्रममा मृतकसँग अजय दमाई र हरिश दमाईको वादविवाद भएको खुल्न आएको हो।

मृत्यु भएपछि घटना लुकाउने उद्देश्यले कुवेरको शव खाल्डो खनेर पुरेको पनि उनीहरूले स्वीकार गरेका छन्।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन