fbpx

मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेनः अध्यक्ष कमलेशकुमार अग्रवाल

author

समाचारपाटी

४ हप्ता अगाडि

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गर्नुभएको छ ।


औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औं वार्षिकात्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गर्नुभएको हो । उहाँले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिवद्धता आएपनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताउनु भयो । उहाँले विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरु अहिले पनि सरकारले परिवर्तन गर्न नसकेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका अफ्ठ्याराहरु सरकारको नीतिगत कारणले देखिएको दाबी गर्नुभयो । उहाँले मुलुकका आर्थिक स्रोतलाई सही रुपमा चलाउन सक्यो भने दक्षिण एशियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने सम्भावना रहेको बताउनु भयो । उहाँले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘धेरै उद्योगी व्यवसायीहरु बैंकको कालोसूचीमा परेका छन् । विदेशमा बैंकले ऋण मात्रै दिँदैन । कन्सल्टेण्डको पनि काम गरिरहेको हुन्छ । नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार बैंकको कालोसूचीमा परेको तथ्याङ्क छ भने पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचीमा परेका छन् । बैंकमा सम्पती राखेर ऋण लिएको छ । यस्ता समस्याले अहिले अर्थतन्त्रमा मन्दी आयो । घरजग्गाको मूल्य कम भएर गयो । शेयर मार्केट ग्रसित भएर गयो । बैंकको उच्च रुपमा ब्याजदर वृद्धि भएकाले पनि त्यो समयमा बैंकहरु कालोसूचीमा पर्न गए । उद्योगी व्यवसायीहरुलाई क्यापिटल फर्ममेसनको आवश्यकता छ । अहिले पनि सरकारले नीतिहरु परिवर्तन गरेको छैन । तीन वर्षको बीचमा लिएका संकुचित नीति परिवर्तन भएका छैनन् । अर्थतन्त्रमा देखिएका अफ्ठ्याराहरु सरकारको नीतिगत कारणले आएको हो । मुलुकका आर्थिक स्रोतलाई सही रुपमा चलाउन सक्यो भने दक्षिण एसियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने क्षमता छ । वर्तमान सरकार आएपछि मुलुकको आर्थिक सुधार हुने आशा पलाएको थियो । सरकारको प्रतिवद्धता धेरै आयो । तर आर्थिक सुधार सरकारको प्राथमिकतामा पर्न सकेको छैन । आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुन्छ ।’


उहाँले केही समय अघि उच्च रुपमा बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसायीहरुले ऋण तिर्न नसक्दा धेरै उद्योगी व्यवसायीहरु बैंकको कालोसूचिमा परेको बताउनु भयो । उहाँले नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार र पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचिमा परेको बताउनु भयो । उहाँले निजी क्षेत्रको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा शिथिलता आएको बताउनु भयो। उहाँले अर्थतन्त्रमा शिथिलता आएसँगै पछिल्लो समय घरजग्गाको मूल्यमा गिरावट, शेयर मार्केटमा सुस्तता आएको बताउनु भयो । उहाँले अहिले उद्योगी व्यवसायीहरुलाई क्यापिटल फर्ममेसनको आवश्यकता रहेको बताउनु भयो  ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन