fbpx

दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेनः अध्यक्ष कमलेशकुमार अग्रवाल

author

समाचारपाटी

१ महिना अगाडि

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपनि आर्थिक सुधार हुन नसकेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपछि निजी क्षेत्रले आर्थिक सुधार हुने अपेक्षा राखेपनि आर्थिक सुधार हुन नसकेको बताउनु भयो । उहाँले मौद्रिक नीति पनि कछुवाको गतिमा सुधार भइरहेको बताउनु भयो । उहाँले चितुवाको गतिमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘संसदका दुई ठूला दलहरु मिलेर सरकार बनेपछि निजी क्षेत्रले धेरै आशा लिएको थियो । तर अहिलेसम्म खै आर्थिक सुधार त्यति हुन सकेको छैन । श्रावणमा केन्द्रिय बैंकले लचिलो मौद्रिक नीतिको शुरुवात गरेको थियो र आशा थियो कि त्यो मौद्रिक नीति क्रमशः सुधारोन्मुख हुन्छ भनेर तर पनि अत्यन्त ढिलो गतिले सुधारोन्मुख छ । कछुवाको तालले मात्रै चलिरहेको छ । चितुवाको गतिले नीतिगत सुधारहरु हुनुपर्यो ।’ 


अध्यक्ष अग्रवालले देशलाई आर्थिक दृष्टिकोणले नयाँ दिशा दिन निजी क्षेत्र तयार रहेको बताउनु भयो । शिथिल अर्थतन्त्रबाट उन्मुक्ति नपाएसम्म क्रेडिट रेटिङले मात्रै नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन