fbpx

जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस भएन,साझा धारणा बनेन :- कमल थापा 

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताउनुभएकाे छ । शुक्रबार पार्टीद्वारा आयोजित "नेपालमा जलश्रोतको चुनौती र समाधान" बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थ पुर्तिका लागि मात्र नेपालको जलसम्पदा  प्रयोग हुने बिषय प्रधान हुन नसक्ने भन्दै पुर्ब उर्जा मन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता ब्यक्त गर्नुभयाे ।

जलसम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिचाइको क्षेत्रलाई ओझेलमा पारिएको , राजनितीक दलहरुमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्युनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाब समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको चर्चा गर्नुभयाे । कार्यक्रममा जलश्रोत बिज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्ब प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले चुनौती र समाधान बारे कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । उपाध्यायले राजनितीकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताउनुभयाे । बिदेशीहरुको स्वार्थ केन्द्रित भएर नेपालका दलहरु सकृय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर नभएको उनले चर्चा गरे । कार्यक्रममा पुर्ब सचिब, बिज्ञ, सन्चारकर्मी र सरोकारवालाहरुले प्रस्तुत कार्यपत्र माथी टिप्पणी सहित आफ्नो धारणा राख्नुभएकाे थियाे ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन