काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ । सोमबार बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गर्नुभयो ।
बैठकको सुरुमै समय माग गरेर उठ्नुभएको सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्नुभयो । उहाँ चुपचाप बस्नुभयो । सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिनुभयो ।
प्रतिपक्षी बेन्चमा रहनुभएको सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ( केआईआईटी ) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे आफ्ना कुरा उठाउन खोज्नुभयो।
तर, सभामुख घिमिरेले समय दिनुभएन। ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । आसनग्रहण गर्नुस्,’ सभामुख घिमिरेले भन्नुभयो, ‘यहाँलाई मैले समय दिएको छैन । तपाईं आसनग्रहण गर्नुस् ।’सभामुख घिमिरेले नियमावलीप्रति ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभा बैठकमाबोल्न पाउनुभएनसुमना श्रेष्ठले कलिंगा घटनाबारे