पोखरा । पोखरा महानगरपालिका वडा नं १३ मा रहेको काहुँखोला भाट समाजको १२ औं साधारण सभा तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि रानाभाट÷भाट समाज नेपालका केन्द्रिय उपाध्यक्ष तिलक रानाभाटले कार्यक्रम उद्घाटन गर्दै हामी एकजुट भएर सामाजिक कार्य गर्दा आफ्नो समाजका बन्धुहरुलाई फाइदा त हुन्छ नै साथसाथै समाजका अन्य समुदायहरुमा सहयोग पुग्ने बताउँदै हामी आफ्नो परिचय आफै दिन सक्ने गरी काम मेहनत गर्नुपर्ने बताउनुभयाे ।
सो अवसरमा समाजघर बनाउन महत्वपुर्ण योगदान दिने पोखरा–१७ निवासी सु. बोधराज रानाभाट र क्या. हुमबहादुर रानाभाट, पोखरा–१३ का दिपक गुरुङ, पोखरा–९, का बुद्धिबहादुर रानाभाट र पत्रकार कृष्ण रानाभाट, पोखरा–१४ का श्रीधर रानाभाटलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा पबित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाट, समाजसेवी सुरज रानाभाट, युवा नेता दिपक गुरुङ, पबित्र बचत तथा ऋण सहकारीका संस्थापक सचिव पत्रकार कृष्ण रानाभाट, भाट समाज पोखरा ९ इकाई समिति अध्यक्ष बिमला रानाभाटले बोल्नु भएको थियोे ।
अध्यक्ष सु. भिमबहादुर रानाभाटले संस्थाले वर्षभरी गरेका गतिविधिहरुको बारेमा प्रस्तुत गर्नुका साथै आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष सु. भिमबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्षेत्रीय सदस्य ज्योतिष रुद्रबहादुर रानाभाट र संचालन सबिना रानाभाटले गर्नुभएकाे थियाे ।