फागुन ४ गतेदेखि चौथो सँस्करणको काहुँ धरहरा महोत्सव,७ किलोमिटर पर्वतिय दौड आयोजना हुने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । चौथो सँस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतिय दौड आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरीएको हो । आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देश बहादुर गुरुका अनुसार आगामी फागुन ४ गते देखि सुरु हुने महोत्सवमा ७ किलोमिटर दुरीमा पर्वतिय दौड हुनेछ ।

पोखरा महानगरपालिकाको रानीपौवादेखि काहुँडाडासम्मको ७ किलोमिटर दुरीमा दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागिताका लागि दर्ता खुलिसकेको अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयाे । प्रतियोगितामा प्रथम हुनेले १० हजार , दोश्रो हुनेले ७ हजार , तेश्रोले ५ हजार पाउनेछन् भने चौथो स्थान प्राप्त गर्नेले ३ हजार रुपैया नगद र उत्कृष्ट २० जनालार्ई मेडल प्रदान गरीने छ । महिलातर्फको ईभेण्टमा पनि सोही बराबरको पुरस्कार राशी राखिएको छ । फागुन ४ गते हुने महोत्सवको उद्घाटनका दिन बिहान दौड आयोजना हुनेछ ।

पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो पटक काहुँ धरहरा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । क्लवका अध्यक्ष देव बहादुर गुरुङले काहूँको शुन्दरता र त्यहाँ अवस्थित धरहरालाई प्रचारप्रसार गरी आन्तरीक पर्यटनको बृद्धि गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताउनुभयाे । २०२६ सालमा निर्मित काँहु धरहरा मुख्य बजारबाट नजिकै रहेरपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उहाँको ठम्याई छ ।

काहुँ घरहरालाई पोखराको दृष्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्न महोत्सवको उल्लेख्य भूमिका रहने उनको भनाई छ । यसअघि २०६२, २०६५ र २०७५ सालमा क्वलवले महोत्सव सम्पन्न गरिसकेको छ । काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, वनजंगल, सेती नदी, लगायतका दृश्यवलोकन गर्न सकिन्छ । काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको छ ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन