पोखरा । पोखराका युवा ज्योतिषी एवं वास्तुविज्ञ अमृत पौडेल सम्मानित हुनुभएकाे छ । गोरखामा आयोजित राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलन २०८१ मा ‘ज्योतिष रत्न तथा गोरखनाथ अवार्ड’ बाट उहाँ सम्मानित हुनुभएकाे हाे ।
सम्मेलन दक्षिण एशियाली ज्योतिष महासंघ नेपाल समितिले आयोजना गरेको हो । गण्डकी प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उहाँलाई सम्मान गर्नुभएकाे हाे ।
ज्योतिषी पौडेल पोखरा-२ विन्ध्यवासिनीस्थित आत्रेय ज्योतिष वास्तु परामर्श केन्द्रका सञ्चालक हुनुहुन्छ । उहाँ हाम्रो पात्रोका सक्रिय ज्योतिषीसमेत हुनुहुन्छ । दक्षिण एशियाली ज्योतिष महासंघका केन्द्रीयसमेत सदस्य रहनुभएका पौडेल पोखरामा विभिन्न संघसंस्थामा सक्रिय हुनुहुन्छ ।
उहाँ १२ बर्षदेखि ज्योतिष एवं वास्तु सेवामा सक्रिय हुनुहुन्छ । पौडेलले फेवा टेलिभिजन, माछापुच्छ्रे एफएमलगायतका सञ्चार माध्यममार्फत ज्योतिषसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहनुभएकाे छ ।
ज्योतिष रत्न तथा गोरखनाथ अवार्ड’वास्तुविज्ञ अमृत पौडेलसम्मानित