‘संसदमा अब विभिन्न विधेयकहरु आइरहेका छन्,जनताको पक्षमा बनाउन चाहन्छौँ’:-केपी शर्मा ओली

author

समाचारपाटी

३ महिना अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रश्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिनुभएको छ । 

सोमवार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका सांसदहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले प्रश्तुत विधेयकमा कुनकुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिनुभयो । उहाँले संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गर्नुभयो । उहाँले संसदको मर्यादा कायम गरेर संसदीय गतिविधिलाई अघि बढाउनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले आफूहरु संसदमा प्रश्तुत विधेयक त्रुटीरहीत, जनताको पक्षमा र लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउने पक्षमा रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले एकथरी बोल्ने हो, आफैँ आफैँ जान्ने भएर अनेकथरी भाषा ननिकालौँ, हामीले बोल्दा सबैले एक खालको बोलौँ । एक तालमा बोलौँ । त्यो दरो हुन्छ । हामीले आफ्नो संसदीय दलको मर्यादा राख्नुपर्छ । हामीले संसदको मर्यादा पालना गर्नुपर्छ । संसदमा अब विभिन्न विधेयकहरु आइरहेका छन् । हामी विधेयक त्रुटीरहीत बनाउन चाहन्छौँ । देशका पक्षमा बनाउन चाहन्छौँ । जनताको पक्षमा बनाउन चाहन्छौँ । लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउन चाहन्छौँ । त्यसकारण हामीले संशोधन पनि हाल्छौँ । संशोधन हालेर छलफल गरेर अघि बढ्छौँ । हामी टिआरसीको सम्बन्धमा यसरी नै संशोधन हालेर छलफल गर्छौं । कुनकुन बुँदाहरुमा छलफल गर्ने बताइन्छ, त्यही अनुसार टिपेर आउनुहोला, बिर्सिनसक्छौँ । कस्तो संशोधन के भन्नेकुरामा छलफल गर्नेछौँ ।’

अध्यक्ष ओलीले सांसदहरुले आफूले रुचाएको समितिमा आफूले योगदान दिनेगरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

हाम्रा नेताहरू

नेतालाई टाउको दुखेविदेशमा उपचार ।सिटामोल नपाएरगाँउघरमा हाहाकार । पहिलेका नेताहरू सड‌कमाढुङ्‌गा हानाहान ।अहिलेका नेताहरू संसद्‌माकुर्सी तानाताना । सात सयनी पाँउदैनन्भारी...

विचार

नीति तथा कार्यक्रम र राष्ट्रसेवा

धर्मराज बराल । नेपाल सरकारको नीति तथा कार्यक्रम – २०८० को बुंदा नम्बर १७२ मा “युवाहरुमा राष्ट्र सेवाभाव जागृत गर्न...

विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, ‘चुरे जोगाउ, मधेश...

मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन : केपी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कसरी रिलिज हुनु भन्दा पहिला नै ‘आदिपुरुष’ ले कमायो...

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

“भारतसँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश दाइजोमा दिन मिल्दैन”

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, जेष्ठ २३, २०८०

२३.२७°

-
Thunderstorm