fbpx

‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दाहरुलाई छिटोभन्दा छिटो फस्र्यौट गर्न प्रयास गर्छु’:- न्यायाधीश अब्दुल अजीज मुसलमान

author

समाचारपाटी

१0 महिना अगाडि

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका मुद्दाहरुलाई छिटोभन्दा छिटो फस्र्यौट गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ । 

संसदीय सुनुवाई समितिको शुक्रवारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका फस्र्यौट हुन नसकेका मुद्दाहरुको छिटो फस्र्यौट गर्न आफ्नो प्रयास रहने बताउनुभएको हो । उहाँले इजलाशमा पेश भएका मुद्दाहरुको सोही दिन फस्र्यौट गर्ने पनि आफ्नो प्रयास रहने बताउनु भयो । उहाँले अनावश्यक आदेशलाई निरुत्साहन गर्ने पनि बताउनु भयो । उहाँले साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएको मुद्दाहरुको लागि छुट्टै इजलाश गठनको लागि प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘भनिन्छ, न्याय ढिलो दिनु न्याय दिन इन्कार गर्नु हो । सर्वोच्च अदालतमा विचाराधिन फस्र्यौट हुन नसकेका मुद्दाहरुलाई फस्र्यौट गर्ने मेरो प्रयास रहनेछ । इजलाशमा पेश भएका मुद्दाहरुको सोही दिन फस्र्यौट गर्ने । अनावश्यक आदेशलाई निरुत्साहन गर्ने । साना प्रकृतिका, वैवाहिक र विशिष्टिकृत विवाद समावेश भएको मुद्दाहरुको लागि छुट्टै इजलाश गठनको लागि प्रयास गर्ने । सरकारवादी देवानी फौजदारी र अन्य मुद्दाहरुको छुट्टाछुट्टै बार तोक्ने । इजलाशको मर्यादा कायम तथा व्यवस्थापनमा जोड दिने । समय व्यवस्थापनमा ध्यान दिने ।’

उहाँले आफु न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै काम गर्ने पनि बताउनु भयो ।


काठमाडौं

शुक्रबार, अशोज १८, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन