fbpx

पशुपतिनाथ मन्दिरदेखि दैलेखको पञ्चकोशी तिर्थस्थलसम्मको यात्रा सुरू

author

समाचारपाटी

२ years अगाडि

दैलेख  काठमाडौंको पशुपतिनाथ मन्दिरदेखि दैलेखको पञ्चकोशी तिर्थस्थलसम्मको यात्रा सुरू भएको  छ । आइतबार पशुपतिनाथ मन्दिरबाट उक्त यात्रा सुरू गरिएको हो । ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल दैलेखस्थित पञ्चकोशी तिर्थस्थललाई संघीय राजधानीसँग जोड्न ‘पशुपतिदेखि पञ्चकोशीको यात्रा’ सुरु भएको हो । 

मनघरी फाउण्डेशनको आयोजना तथा दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिका, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली र दैलेखी सेवा समाज काठमाडौंको सहकार्य उक्त यात्रा प्रारम्भ गरिएको   हो । दैलेखको पञ्चकोशी तिर्थस्थललाई पशुपतिनाथसँग जोडेर थप प्रचारप्रसार तथा पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन यात्रा सुरु गरिएको यात्राको परिकल्पनाकार भरतबन्धु थापाले बताउनुभयाे । 

‘हामीले पशुपतिदेखि पञ्चकोशीसम्मको यात्रा तय गरेका छौँ, यो यात्राले पश्चिम नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्‍याउनेछ,'थापाले भन्नुभयाे । 

पशुपतिनाथदेखि दैलेखको पञ्चकोशी क्षेत्रसम्म यात्रा गर्दा बागमतीको पशुपतिनाथ, गण्डकीको देवाघाट, लुम्बिनीको लुम्बीनी र बागेश्वरी, कर्णालीको सुर्खेतस्थित देउतीबज्यै र काक्रेविहार तथा दैलेखको पञ्चकोशी क्षेत्र समेटिएको छ । यात्रापछि यात्राका क्रममा कैद गरिएका तस्बीर र भिडियो काठमाडौं र कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदर्शनी गरिने फाउण्डेशनले जनाएको छ ।

पशुपतिनाथदेखि पञ्चकोशीसम्मको यात्राले दैलेखको पञ्चकोशी क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताउनुभयाे । धार्मिक,ऐतिहासिक तथा पर्यटकीय हिसावले कर्णालीमा प्रचुर सम्भावना हुँदा हुँदै प्रचार प्रसार हुन नसकेको उहाँको भनाइ छ । ‘यस क्षेत्रमा पर्यटकीय गतिविधि आशा गरे अनुसार नबढ्नुको मुख्य कारण गन्तव्यको उचित प्रचार–प्रसार नहुनु र पर्याप्त पुर्वाधार तयार नबन्नु नै हो, पर्यटकीय हिसाबले महत्वपूर्ण रहेका स्थानलाई नेपाल तथा विश्व माझ थप चिनाउनु आवश्यक ठानेर यो यात्रा थालनी भएको हो,’ उहाँले भन्नुभयाे । 

हिन्दुहरुको सर्वाधिक महत्वपूर्ण धार्मिक क्षेत्र पशुपतिनाथदेखि दैलेखको पवित्र तीर्थस्थल पञ्चकोशी, कर्णालीको राजधानी तथा सिंजा क्षेत्रसम्म आन्तरिक र बाह्य धार्मिक पर्यटकहरुलाई निम्तो दिने उद्देश्यले यात्रा प्रारम्भ भएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयाे । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले संघीय राजधानीदेखि कर्णाली प्रदेश जोड्न यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । दैलेखबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु अमरबहादुर थापा, दिक्पाल शाही, सीताकुमारी राना, सुर्यकुमारी श्रेष्ठ, दिपा शर्मा,कर्णालीका सांसदहरु पूर्णबहादुर खत्री, कृष्णकुमार बिसी, जानकी सिंह, इन्द्राकुमारी शाही लगाएतले यात्रा सफलताको शुभकामना दिनुभएकाे छ ।

annapurnapost


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर