fbpx

पत्रकार ऋषिकान्त पौडेललाई यातायात पत्रकारीता पुरस्कार

author

समाचारपाटी

१ year अगाडि

पोखरा । कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित हुनुभएकाे छ । नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट पौडेल सम्मानित हुनुभएकाे हाे । प्रा.लि.को पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर विहिवार पोखरामा आयोजित कार्यक्रममा पौडेललाई पुरस्कृत गरीएको हो ।

विगत १७ वर्षदेखि पत्रकारीता पेशामा क्रियाशिल पौडेललाई नगद २५ हजार रुपैया , सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो । सडक यातायातसँग सम्बन्धित सुचना एवम् सचेतनामूलक समाचारको माध्यमबाट आमजनता र सरोकारवालालाई सु–सुचित गराउन उल्लेख्य योगदान पुर्याएकोमा महासंघ तथा प्रालिले पौडेललाई पुरस्कृत गरेको जनाईएको छ ।

पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन , एभिन्यूज टेलिभिजन , पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकम लगायतका संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरीसक्नुभएकाे छ । यसैगरी पोखराका पहिलो पत्रकार स्वर्गिय जगन्नाथ सिग्देलको स्मृतीमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारीता पुरस्कारबाट पनि पुरस्कृत पौडेल विभिन्न सामाजिक संघ–संस्थाबाट समेत सम्मानित भईसक्नुभएकाे छ ।

प्रा.लिले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु दिपेन्द्र श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोष अधिकारी, अर्जुन गिरी, रञ्जन अधिकारी, यदुनाथ बञ्जरा, कमल पौडेल अथक लगायत सम्मानित भैसक्नुभएकाे छ ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन