fbpx

पोखराका पाँच पत्रकारलाई ”प्रेस चौतारी पत्रकारिता” पुरस्कार, दुई जनालाई सम्मान

author

समाचारपाटी

१ year अगाडि

पोखराका पाँच जना पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, दुई जनालाई सम्मान गरिने प्रेस चौतारी कास्कीले जानकारी दिएको छ ।

दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, सुष्मा पौडेल र केशव पाठकलाई पुरस्कृत गर्न लागेको हो । यस्तै, राजु भण्डारी र सावित्री खनाललाई प्रेस चौतारी सम्मान अर्पण गरिँदैछ ।

प्रेस चौतारी कास्कीले बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई यो वर्षबाट पुनः निरन्तरता दिएको अध्यक्ष अर्जुन गिरीले बताउनुभयाे । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुने श्याम कुँवर प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हुनुहुन्छ । हाल उहाँ केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष हुनुहुन्छ । २०७६ बाट पुरस्कृत हुने रामकृष्ण ज्ञवाली र २०७७ बाट पुरस्कृत हुने दीपेन्द्र श्रेष्ठ चौतारीका अग्रज नेता हुनुहुन्छ । यस्तै, २०७८ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने केशव पाठक प्रेस चौतारी कास्कीका सल्लाहकार हुनुहुन्छ । २०७९ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने सुष्मा पौडेल चौतारीका केन्द्रीय सचिव र गण्डकी प्रदेश ईञ्चार्ज हुनुहुन्छ ।

प्रेस चौतारी नेपालका ईञ्चार्ज एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आगामी विहीबार एक कार्यक्रम आयोजना गरी पुरस्कार एवं सम्मान अर्पण गरिने अध्यक्ष गिरीले जनाउनुभयाे । कार्यक्रममा एमाले सचिव एवं गण्डकी ईञ्चार्ज पद्मा अर्याललगायतका नेताहरु विशेष आतिथ्यता रहनेछ ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि अग्रज पत्रकारहरु पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसक्नुभएकाे छ।

यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ । सहसंयोजक सहसचिव माधव भुसाल र सदस्यहरु अनुप पौडेल, अनिता घिमिरे र सन्दीप खनाल छन् ।

कोषाध्यक्ष गिरीधारी पोखरेल संयोजक र राजु गिरी सहसंयोजक रहेको मञ्च व्यवस्थापन समितिमा निरज बसौला क्षेत्री र दीपक अधिकारी सदस्य छन् । उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन र भोजन व्यवस्थापन समिति बनाइएको छ । सहसंयोजकमा उपाध्यक्ष तारा पौडेल र सदस्यहरु ऋषिराम दाहाल र अमृतकुमार भट्टराई हुनुहुन्छ ।

सहसचिव उमा आलेमगरको संयोजकत्वमा गठन गरिएको अतिथि सत्कार समितिमा सहसंयोजक दीपा पौडेल र सदस्यहरु सुरक्षा श्रेष्ठ र विनिता सुनार रहनुभएकाे छ । सहभागी व्यवस्थापन समितिको संयोजकमा तारा पौडेल संयोजक हुनुहुन्छ । कार्यसमितिका सबै सदस्यहरु यसका सदस्य छन् । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको प्रेस चौतारी कास्कीले जनाएको छ ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन