fbpx

जोर्डनका नयाँ प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

author

समाचारपाटी

१ महिना अगाडि

जोर्डनका नयाँ प्रधानमन्त्री जाफर हसन र उहाँको मन्त्रिपरिषद्का सदस्यहरूले बुधवार राजा अब्दुल्लाह द्वितीय समक्ष शपथ ग्रहण गर्नुभएको छ । हसनले यसअघि राजाको कार्यालयका निर्देशक, आर्थिक मामिलाका लागि उपप्रधानमन्त्री र योजना तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रीको रूपमा काम गरिसक्नुभएको छ । २० औं संसदीय निर्वाचनपछि आईतवार पूर्वप्रधानमन्त्री बिशेर खसवनेह र उहाँको सरकारले राजीनामा दिएपछि उहाँलाई मन्त्रिपरिषद् गठनको जिम्मेवारी दिइएको थियो । नयाँ सरकारमा पाँच महिला मन्त्री र नौ जना पहिलो पटक मन्त्री भएका छन् । यस नयाँ प्रशासनमा अयमान सफादीलाई उपप्रधानमन्त्री र विदेश मामिला तथा प्रवासीमन्त्री, सालेह खाराबसेहलाई ऊर्जा र खनिज स्रोत, अब्दुलहकिम अल–शिबलीलाई अर्थमन्त्री, मोहम्मद अल–मोमानीलाई सरकारी सञ्चारमन्त्रीमा नियुक्त गरिएको छ । योजना तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रीमा जेइना टुकान, पानी तथा सिँचाइ मन्त्रीमा रैद अबु साउद र लगानी मन्त्रीमा मोथन्ना घराइबेह रहेको पेट्राले जनाएको छ । आईतवार हसनलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्रमा राजाले नयाँ सरकारलाई प्यालेस्टिनीहरूलाई समर्थन गर्न र उनीहरूको अधिकारको रक्षा गर्न सबै प्रयासहरू समर्पित गर्न निर्देशन दिनुभयो । राजाले प्रजातन्त्रको जग र यसको अवधारणालाई अझ गहिरो बनाउन सरकारले प्रतिनिधिसभासँग मिलेर काम गर्नुपर्ने बताउदै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चुनौतीको सामना गर्दै आर्थिक स्थायित्व कायम गर्न र ऋण नियन्त्रण गर्न राज्यको विवेकपूर्ण वित्तीय नीतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, कार्तिक १५, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन