जोमसोम । उत्तरी कोरलानाका र मुक्तिनाथ जाने महत्वपूर्ण पहुँचमार्ग सडक फेरि भासिएको छ। घरपझोङ-३ पुथाङ एअरपोर्ट हुँदै जोमसोम पक्की पुलको दुरीमा पर्ने जोमसोम अस्पताल नजिकको मुख्य राजमार्ग सडक मंगलबार बिहान ११ बजे भासिन पुगेको हो।
उक्त दुरीमा कालिगण्डकी गण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)सडक आयोजनाले कालिगण्डकी नदीको सतहदेखि आरसीसी स्टकचर उठाएर सडक स्तरोन्नति गर्दै गरेको थियो।सडक स्तरोन्नति भइरहेको स्थानमा पून करिव ५० मिटर सडक भासिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिनुभयाे। यसपटक सडक भासिएर सडकको पूरै संरचना चर्किएर ध्वजा-ध्वजा परेको उहाँले बताउनुभयाे ।
सडक क्षति भएको स्थानमा पुगेका स्थानीय शेरबहादुर गुरुङले निर्माण कम्पनीको चरम ढिलासुस्तीले जोमसोमको सडकमा सवारी तथा यात्रुले निकै सास्ती भोग्न बाध्य भएको बताउनुभयाे। पछिल्लो अवस्थामा सडक जोखिममा पर्दा त्यस आसपासका घरहरुमा समेत थप जोखिम परेको उहाँले जनाउनुभयाे। निर्माण कम्पनीले सजिलो स्थानमा मात्र काम गर्ने र अप्ठ्यारो स्थानमा काम नगर्ने परिपाटीले यो अवस्था आएको गुरुङको भनाइ छ।
पुथाङ एरपोर्टदेखि जोमसोम पक्की पुलसम्मको करिब सय मिटर सडक चैते दसैं औशी तिथिको अघिल्लो दिनमा पनि यसरी नै सडक भासिएको थियो। जोमसोम सडक पटक -पटक भासिने र भत्किने गर्दा बर्खायाममा थप सडकमा थप क्षति हुने अनुमान गरिएको छ। जोमसोम सडक पुन स् भाँसिदा बेनी हुँदै मुक्तिनाथ दर्शन गर्न जाने र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटक तथा दर्शानार्थीहरुले सास्ती पाएका छन्। सडक अवरुद्ध भएर जोमसोममा झन्डै २ सय सवारी साधनहरु अलपत्र परेका छन्। सडकको पूरै बेस भाँसिएकाले सडककालाई ग्रेड डाउन गरी सडक खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयाे।
बेनी जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको घरपझोङ ४ जोमसोमको मुस्ताङ अस्पताल नजिक सडक भासिएको हो।
बेनी जोमसोम कोरला सडक आयोजनासँग २०७४ मा ठेक्का सम्झौता भएको खन्ती जोमसोम १६ किमी सडक अन्तर्गत ८ महिनाअघि करिब १ सय मिटर सडक भासिएको थियो। बेनी जोमसोम सडकको चौथो खण्डमा निर्माण कम्पनीले चरम ढिलासुस्ती भएको छ। यो खण्ड पप्पुगौरी पार्वती कोशी एन्ड न्यौपानेले ७० करोड ५२ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो।
annapurnapost