fbpx

‘श्रमिक आन्दोलनमाथि ‘कू’ को प्रयास भइरहेको छ’

author

समाचारपाटी

२ हप्ता अगाडि

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा रहेको बताउनुभएको छ ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई मन्त्रालयमा सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को तर्फबाट ज्ञापन पत्र बुझाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै ओझेलमा परेको बताउनु भयो । बैंक तथा वित्तीय क्षेत्रमा श्रमिकहरुले आफ्ना माग राखेर आन्दोलन गर्न नपाउने फैसला आएको भन्दै उहाँले श्रमिकहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको ट्रेड युनियन आन्दोलन वा श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै अहिले ओझेलमा परेको स्थिति रहेको आम ट्रेड युनियन र प्रतिष्ठानका श्रमजीविहरुले अनुभव गरिरहेका छन् । अहिले कस्तो छ भने बैंक वित्तीय क्षेत्रको फैसला आयो त्यसलाई हामीले गम्भी रुपमा हेरेका छौँ । किनभने त्यो अत्यावश्यक ऐन भन्ने गरेर आज बैंकमा नलाग्ने र भोलि टेलिकममा नलाग्ने अत्यावश्यक भन्ला, विद्युतमा अत्यावश्यक भन्ला, होटल पर्यटन, पेट्रोल ग्यासमा काम गर्ने सबैमा अत्यावश्यक भन्ला । यो ट्रेड युनियन आन्दोलनमा कू हुने प्रक्रियामा अगाडि बढेको छ भन्ने हामीले बुझेका छौँ ।’


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले युनियनको आन्दोलनलाई नजरअन्दाज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो । सरकारले अत्यावश्यकको नाममा श्रमिक आन्दोलनमा रोक लगाउने कार्यले दक्ष जनशक्ति पाउन छोडेको बताउनु भयो । देशमा अहिले २७ वटा पाँचतारे होटल थपिएर सञ्चालनमा आएको भएपनि दक्ष जनशक्तिको अभाव रहेको रोजगारदाताले गुनासो गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले व्यवहार चाहीँ के भइरहेको छ भने ट्रेड युनियनको आन्दोलनलाई इग्नोर गर्ने षड्यन्त्र त भइरहेको छैन ? २५ वर्ष संघर्षबाट प्राप्त गरेको १० प्रतिशत अदालतको नाममा फिर्ता ल्याउनु जसको कारणले गर्दा इण्डिभिजल रोजगारदाताहरुलाई सोध्नुस् हामीसँग कुरा गर्नुहुन्छ यो कारणले गर्दा दक्षता प्राप्त गर्ने मजदुरहरु हामीले पाउन छोड्यौँ भन्ने खालको रोना राइरहनु भएको छ । अहिले २७ वटा फाइभ इस्टार होटल थपिएको छ तर त्यहाँ दक्ष जनशक्ति पाउन मुश्किल भइरहेको छ ।’


कार्यक्रममा सहभागीहरुले योग्य र सक्षम जनशक्ति देशबाट पालयन भइरहेको भन्दै त्यस्ता जनशक्ति देशमै रोक्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२३.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...