fbpx

एफएनसिसिआई र सिआईआईबीचको संयुक्त बैठक काठमाडौंमा सम्पन्न

author

समाचारपाटी

१ हप्ता अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ र सिआईआईबीचको संयुक्त बैठक सम्पन्न भएको छ । नेपाल—भारत वाणिज्य सचिवस्तरीय बैठकको लागि काठमाडौं आएको सिआईआई प्रतिनिधि मण्डलसँग महासंघले दुई पक्षिय बैठक गरेको हो । दुई पक्षिय वार्तामा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र भारतीय प्रतिनिधि मण्डलको नेतृत्व संयक्त मञ्चका सहअध्यक्ष सेन्थीलकुमाले गर्नुभएको थियो । दुई पक्षिय वार्तामा व्यवसायीहरुले व्यवसायिक वातावरण बनाउन आवश्यक काम गर्ने समझदारी बनाउन सरकारहरुलाई दबाब दिने निर्णय गरेका छन् । नेपाली व्यवसायीहरुले भन्सार बिन्दमा हुने गैरभन्सार कर र गतिविधि, नेपाली गुणस्तर चिन्ह प्राप्त वस्तु र  सेवाले भरतमा निर्वाध काम गर्न पाउने व्यवस्था गर्न भारतीय सरकारलाई सुझाव दिन सिआइआई प्रतिनिधि मण्डललाई आग्रह गरेको छन् । नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश भारतीय उद्योगी व्यवसायीहरुहरुलाई दिन पनि अनुरोध गरेका छन् । नेपालको प्रमुख शहर भैरहवा र पोखरालाई हवाई कनेक्टिभिटीमा जोड्न पहल गर्न आग्रह गरेको उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिनुभयो । छलफलमा भारत निर्यात हुने नेपाली वस्तुको अवरोधलाई हटाउन भारतीय पक्षको सहयोगलाई विशेष रुपमा उठाइएको बताउनु भयो । बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, पर्यटन र कनेक्टिभिटी,व्यापार र सीमापार लगानी, कृषि, सूचना प्रविधि र डिजिटल सहयोग आदानप्रदान,पूर्वाधार विकास, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) संशोधन,अटोमोबाइल, औषधि र रसायन उद्योग, ज्ञान साझेदारी र सीप विकासका क्षेत्रमा सहकार्यमा जोड दिइएको पनि बताउनु भयो । बैठकमा नेपालका उद्योग र व्यापार क्षेत्रका अधिकांश मुद्दाहरु उठाएको बताउनु भयो । उहाँले जलविद्युतको उत्पादन १० हजार मेगावाट भारतमा निर्यात गर्ने, विष्फोटक पदार्थहरुको सहज उपलब्धताका बारेमा पनि कुरा राखेको बताउनु भयो । कृषिजन्य सामग्रीहरुमा भारतले लगाएको परिणामात्मक बन्देज नेपालका लागि हुन नहुने विषयमा पनि छलफल गरेको र छलफल सकारात्मक रहेको बताउनु भयो । 


बैठकमा दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपाल भारत व्यापारमा देखिएका समस्या समाधानका लागि दुवै पक्षले पहल गर्ने सहमति भएको छ । नेपाल र भारतका प्रतिनिधिहरू सहभागि बैठकले द्विपक्षीय सम्बन्धले व्यापार, लगानी, उर्जा सहयोग, विकास साझेदारी र जनताबीचको आदान—प्रदानलगायतका विभिन्न क्षेत्रलाई समेटेको बताइएको छ । नेपाल भारतका उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेका दुई संस्थाले नेपाल—भारत संयुक्त व्यवसायी मञ्च (जेबिएफ) बनाएर विभिन्न विषयहरुमा वार्ता गर्दै आएका छन् ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन